चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति चिकित्सक संघको आपत्तिे « Khabarhub

चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति चिकित्सक संघको आपत्तिे


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि भएको दुर्व्यवहार, धम्की तथा सामाजिक सञ्जालमार्फत फैलाइएको अफवाहप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका महाँसचिव डा. सञ्जीव तिवारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिए अनुसार, प्रतिष्ठानमा खाजा खाइरहेका चिकित्सकमाथि ‘युवा अभियन्ता’ को नाममा दुर्व्यवहार गरिएको, आक्रमणको धम्की दिइएको र उक्त घटनाको भिडियो युट्युब, फेसबुक लगायत सामाजिक सञ्जालमा फैलाइएकोप्रति संघले आपत्ति जनाएको हो ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बिना कारण तथ्यहीन आरोप लगाएर समाजमा भ्रम सिर्जना गर्ने कार्य निन्दनीय रहेको संघले स्पष्ट पारेको छ । यस्ता गतिविधिले स्वास्थ्यकर्मी र सर्वसाधारणबीचको विश्वास कमजोर पार्नुका साथै सेवा प्रवाहमै असर पर्ने चेतावनी पनि दिइएको छ ।

संघले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने तथा चिकित्सकमाथि दुर्व्यवहार गर्ने कार्यमा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै, स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गराउन पनि जोडदार माग गरिएको छ ।

आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सतर्कता अपनाउन र कानुनी कदम चाल्न संघले सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  १ : ४२ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल