मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान « Khabarhub

मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागमती– बाघलगायत वन्यजन्तुबाट हुने क्षतिका घटना घटाउन पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियान सञ्चालन गरेको छ । 

मानव–वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्ने तथा वन्यजन्तुहरूमा हुने क्षतिलाई शून्यमा झार्ने लक्ष्यसहित निकुञ्जले यो अभियान सञ्चालन गरेको हो । 

निकुञ्जसँग जोडिएको पर्सा, बारा र मकवानपुरका डिभिजन वन कार्यालयको समन्वयमा समुदायस्तरमा अभियान सञ्चालन गरिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र  खतिवडाले बताए। 

अभियानअन्तर्गत समुदायको अग्रसरतामा वन्यजन्तुको महत्वबारे चेतना जगाउने, वन्यजन्तुबाट कसरी बच्ने, समस्या परेका बखत  कसरी समाधान खोज्नेलगायत छलफल कार्यक्रम जारी छन् । 

बाघका माध्यमबाट पर्यापर्यटन प्रवर्द्धन गर्न सकिनेमा जोड दिँदै उहाँले जङ्गलमा आगो लगाउने, चोरी शिकारीजस्ता गतिविधिका कारण वन्यजन्तु जङ्गलबाट बाहिर निस्कने गरेकाले त्यस्ता गतिविधि हुननदिनेतर्फ सबैलाई सचेत गर्न अभियान सञ्चालन गरिएको बताए। 

यसैबीच, निकुञ्ज प्रशासनले  चालु आर्थिक वर्षको प्रथम  नौ महिनामा  बाघसहितका वन्यजन्तुबाट पीडित भएकाहरूलाई क्षतिपूर्तिस्वरूप  १९ लाख प्रदान  गरिएको जनाको छ । वन्यजन्तुबाट सबैभन्दा बढी  हानी मकवानपुरमा भएको छ । 

सोही अवधिमा हातहतियार सिकारी तथा वन काठपात दाउरासम्बन्धी सात वटा मुद्दा दर्ता भएका छन् । हातहतियार सिकारीसम्बन्धी छ वटा र वन काठपात दाउरासम्बन्धी एउटा मुद्दा दर्ता हुँदा १५ जना पक्राउ परेका छन् । 

त्यसैगरी, निकुञ्जले गिट्टीबालुवा तथा वनपैदावारको सलामी शुल्कवापत ६० लाख ५३ हजार २५५ राजस्व संकलन गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  २ : १० बजे

डा.दिपक मल्लले औँल्याएका सुगर बढ्नुका ७ कारण 

काठमाडौं– सुगर रोग विशेषज्ञ डा. दिपक मल्लले मधुमेह नियन्त्रणमा समस्या

उपत्यकाको वायु खतरनाक, मौसमविद् भन्छन्- १२ वटा चुरोटको धुवाँ बराबर असर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वायु गुणस्तर

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको चालु (सातौँ) अधिवेशन अन्त्य गरिएको छ ।

करिब एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

काबुल- लगभग एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– जिल्ला अस्पताल बाजुरामा उपचाररत एक सुत्केरीको आज हेलिकप्टरमार्फत उद्धार