सम्भावित एकताका लागि सुदन र हर्क छलफलमा « Khabarhub

सम्भावित एकताका लागि सुदन र हर्क छलफलमा


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र प्रलोपा छोडेर स्वतन्त्र भएका सुदन किरातीबीच छलफल भइरहेको छ। सुदन र हर्क एउटै पार्टीमा जाने विषयमा छलफल जारी रहेको नेताहरूले बताएका छन्।   

पछिल्लो समय सुदनले हर्कसँग छलफल भइरहेको जवाफ खबरहरूलाई दिएका छन् । उनले सबै कोणबाट नेताहरूसँग छलफल भइरहेको बताए ।

सुदनसाहित केही नेताहरू साम्पाङको श्रम संस्कृति पार्टीमा समावेश हुन लागेको बताइन्छ । हर्कले सुदनलाई आफ्नो पार्टीमा आउँदा वरिष्ठ नेताको जिम्मेवारी दिने चर्चा छ। अर्कोतिर आगामी चुनावपछि कोशी प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने चर्चा पनि छ। तर यसबारे प्रश्न गर्दा हर्क र सुदन दुवैको सचिवालयले जवाफ दिएको छैन। 

‘हर्कसँग विभिन्न कोणमा छलफल भइरहेको छ। पार्टी एक भएर जाने निष्कर्षमा पुगिसकेका छैनौँ’, सुदनको सचिवालय भन्छ, ‘विभिन्न कोणबाट पार्टी एकताको सन्दर्भमा छलफल भइरहेको साँचो हो। तत्काल या केही समय लाग्छ, त्यसको निर्णय भइसकेको छैन।’

धेरै नेताले सुदनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी छाडेर प्रलोपामा गएका सन्तोष परियार पनि श्रम संस्कृतितिर लाग्ने आकलन गरेका छन्। तर परियारले आफूले प्रलोपा छाडिनसकेको बताउँदै नियोजित  हल्ला गरिएको बताए । 

सुदनलाई पार्टीमा भित्र्याउने विषयमा  अहिले हर्क लगायतका नेताहरू छलफलमा छन् । पार्टी नेताहरूका अनुसार ललितपुरको नख्खीपोटस्थित किरात राई यायोख्याको भवनमा श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक बसिरहेको छ।

हर्कको सचिवालय बैठकमा किराती लगायत नेताहरूलाई पार्टीमा भित्र्याउने कुरा भएको छ । कुन दिने भन्ने विषयमा  पनि उक्त बैठकमा छलफल भइरहेको छ। 

लामो समयदेखि हर्क र सुदनले एउटै पार्टी बनाएर जाने विषयमा पटकपटक छलफल गरिरहेका छन्  । यो कुरा सुदन आफैंले स्वीकारेका छन्

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  २ : १३ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण