भुक्तानी माग्दै लुम्बिनीका निर्माण व्यवसायी सडकमा, आन्दोलनको चेतावनी « Khabarhub

भुक्तानी माग्दै लुम्बिनीका निर्माण व्यवसायी सडकमा, आन्दोलनको चेतावनी


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी- लुम्बिनी प्रदेशका निर्माण व्यवसायीहरूले सम्पन्न भइसकेका विकास आयोजनाहरूको भुक्तानी तत्काल उपलब्ध गराउन माग गरेका छन्।

उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै भुक्तानी नपाए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

निर्माण व्यवसायीहरूले आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश सरकार अन्तर्गत विभिन्न आयोजनाहरूमा सार्वजनिक खरिद प्रक्रिया अनुसार ठेक्का सम्झौता गरी तोकिएको मापदण्डअनुसार काम सम्पन्न गरेको बताएका छन्।

सम्बन्धित निकायबाट नियमित अनुगमन र कार्यसमापन प्रमाणित भइसकेको भए पनि हालसम्म भुक्तानी नपाएको उनीहरूको गुनासो छ।

व्यवसायीहरूका अनुसार प्रदेश सरकारको बजेट अभाव र घाटा बजेटको कारण देखाउँदै भुक्तानी रोकिएको छ, जसले उनीहरूलाई गम्भीर आर्थिक संकटमा पारेको छ।

बैंक ऋण, श्रमिकको ज्याला र सामग्री आपूर्तिकर्ताको भुक्तानी गर्न नसक्ने अवस्था आएको उनीहरूले बताएका छन्।

उनीहरूले यो समस्या निर्माण क्षेत्र मात्र नभई समग्र अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको दाबी गर्दै तत्काल भुक्तानी व्यवस्था गर्न माग गरेका छन्।

मागहरू

  • सम्पन्न सबै निर्माण कार्यहरूको भुक्तानी तुरुन्त उपलब्ध गराउनुपर्ने
  • बजेट अभाव देखाएर भुक्तानी रोक्ने अभ्यास अन्त्य गर्नुपर्ने
  • भविष्यमा यस्ता समस्या नदोहोरिने गरी ठोस नीति निर्माण गर्नुपर्ने

निर्माण व्यवसायीहरूले माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ३ : ०४ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण