विपद्का घटनामा प्रभावकारी रुपमा काम गर्नेलाई पुरस्कृत गरिने « Khabarhub

विपद्का घटनामा प्रभावकारी रुपमा काम गर्नेलाई पुरस्कृत गरिने


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् जोखिम न्यूनीकरण गर्न प्रभावकारी कार्य योजनाका साथ अघि बढ्ने जनाएको छ ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले सबै जिल्लाबाट विपद् जोखिम न्यूनीकरणको योजनाको जानकारी लिएर प्राधिकरणले प्रभावकारी कार्य योजनाका साथ काम गर्ने बताएका हुन् ।

विपद् जोखिम न्यूनीकरण योजनाका लागि प्रत्येक जिल्लाको कोषमा भएको रकम, सामाग्रीका साथै प्राकृतिक प्रकोपपछि भएका गतिविधिहरूको जानकारी सङ्कलन गर्ने काम भइरहेको उनले बताए । बैशाखको १५ गतेसम्म सबै जिल्लाबाट जानकारी प्राप्त भएपछि त्यसको केही दिनमा नै यस वर्षको विपद् जोखिम न्यूनीकरण योजना तयार हुने भट्टको भनाइ छ ।

उनले विपद् जोखिम न्यूनीकरणका लागि पालिकाहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले पालीकाको सिफारिसका आधारमा जोखिम न्यूनीकरण तालिम दिने कार्य प्राधिकरणले गरेको जानकारी दिए ।

प्राधिकरणका कार्यकारी भट्टले विपद्का घटनामा प्रभावकारी रुपमा काम गर्नेलाई पुरस्कृत गर्ने व्यवस्था समेत गर्न लागिएको धारणा राखे ।

विपद्का घटनापछि नागरिकलाई छिटो भन्दा छिटो राहतका साथै अस्थायी वासस्थानको व्यवस्थापनका लागि पनि प्राधिकरणले स्थानीय पालिकासँगको समन्वयमा काम गर्ने गरेको उनले जानकारी गराए । समिति सदस्यहरूले मनसुन अघि नै विपद् जोखिम न्यूनीकरण प्रतिकार्यलाई तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ३ : ४६ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण