अफगानिस्तानमा बाढीका कारण छ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा बाढीका कारण छ जनाको मृत्यु


१० बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तानका विभिन्न भागहरूमा भएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीमा परी कम्तीमा छ जनाको मृत्यु  भएको स्थानीय अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् ।

पश्चिमी बदघिस प्रान्तको प्राकृतिक विपद् व्यवस्थापन समितिका प्रमुख मावलावी बारिदाद साबेरले भारी वर्षा पछि बुधबार राति बाला मुर्घाब जिल्लाका विभिन्न क्षेत्रहरूमा बाढी आएको बताएका छन् ।

बडघिस प्रान्तमा बाढीका कारण तीन बालबालिका र दुई महिलासहित पाँच जनाको मृत्यु भएको अधिकारीले बताएका छन् भने बाढीले प्रभावित क्षेत्रका आवासीय घर र कृषि जग्गामा क्षति पुर्‍याएको छ ।

अफगानिस्तानको उत्तरमा रहेको समङ्गान प्रान्तमा दारा–इ–सुफ पायिन जिल्लामा भारी वर्षा पछि बिहीबार आएको बाढीमा एक जनाको मृत्यु भएको प्रान्तीय प्रहरीले जनाएको छ ।

उत्तरी फरयाब प्रान्तको विभिन्न भाग बाढीले बगाएको भएता पनि कुनै हताहत नभएको जनाइएको छ । अफगानिस्तानको मौसम विभागले बिहीबार देशका केही भागमा थप वर्षा र बाढीको पूर्वानुमान गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ४ : २० बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो