‘आगामी बजेटमा प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा’ « Khabarhub

‘आगामी बजेटमा प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा’


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा प्रदेशका गौरव र बहुवर्षीय आयोजनालाई पहिलो प्राथमिकतामा राख्ने जनाएको छ । सरकारले आगामी आवमा योजना छनोटका गर्दा गौरव र बहुवर्षीय आयोजनालाई स्पष्ट प्राथमिकतामा राख्दै बजेट निर्धारण गरिने जनाएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा रहने, अधुरा आयोजना सम्पन्न गर्नु दोस्रो प्राथमिकता र त्यसपछि मात्रै नयाँ आयोजना समावेश गरिने बताए  ।  

उनले प्रदेशको वास्तविक आर्थिक अवस्थाभन्दा बजेट नबनाउने प्रतिबद्धता दोहोर्‍याउँदै यथार्थपरक बजेट निर्माणमा जोड दिए । हाल करिब रु छ अर्ब हाराहारीमा रहेको राजस्वलाई आगामी आवमा साढे रु छ अर्बसम्म पुर्‍याउने प्रक्षेपण गरिएको जानकारी दिए । 

मुख्यमन्त्री आचार्यले विगतका कमजोरीबाट शिक्षा लिएर सुधार गर्दै अघि बढ्ने उल्लेख गर्दै बजेट आवश्यकता र औचित्यका आधारमा निर्माण गरिने बताए । 

जिल्ला समन्वय समितिलाई अनुगमनसँग जोड्न ऐन संशोधन गरिएको र स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई अनुगमनमा सहभागी गराउने तयारी भइरहेको उनले जानकारी दिए  ।

संविधानले निर्दिष्ट गरेको अधिकार क्षेत्रभित्र तीनै तहका सरकार स्वतन्त्र रूपमा अघि बढ्नुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए  । तीन तहका सरकार कसैका इकाइ नभई आफ्नै अधिकारसहित स्वायत्त रहेको उनको भनाइ छ । 

लुम्बिनी प्रदेशले विगतको तुलनामा राजस्व सङ्कलनमा सुधार गर्दै गएको उल्लेख गर्दै उनले बागमती प्रदेशपछि राजस्व सङ्कलनमा लुम्बिनी अग्रस्थानमा रहेको जानकारी दिए ।
 

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ५ : २० बजे

निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो

काठमाडौं– प्रसिद्ध नेपाली पर्वतारोही मिङ्मा जीको नेतृत्वमा रहेको उद्धार टोलीले

रूस–युक्रेन द्वन्द्व : बालबालिकामाथिको आक्रमण रोक्न युनिसेफको आह्वान

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले रूस र युक्रेनमा

राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँ : महासचिव पोखरेल

दाङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको विकास

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, समस्या तथा

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरुद्ध

काठमाडौं– सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण र