अर्थसंक्षेप : भुक्तानी माग्दै लुम्बिनीका ठेकेदार सडकमा, निर्जीवन बिमा : ९ महिनामा ३७ अर्बको व्यवसाय, नेप्से १७ अङ्कले घट्यो र २००८ पछि जन्मेकाले बेलायतमा जीवनभर चुरोट किन्न नपाउने « Khabarhub

अर्थसंक्षेप : भुक्तानी माग्दै लुम्बिनीका ठेकेदार सडकमा, निर्जीवन बिमा : ९ महिनामा ३७ अर्बको व्यवसाय, नेप्से १७ अङ्कले घट्यो र २००८ पछि जन्मेकाले बेलायतमा जीवनभर चुरोट किन्न नपाउने


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

निर्जीवन बिमा : ९ महिनामा ३७ अर्बको व्यवसाय, शिखर सबैभन्दा अगाडि

निर्जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैत मसान्तसम्म ३७ अर्ब बढीको व्यवसाय गरेका छन् ।

नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार समीक्षा अवधिमा सञ्चालनमा रहेका १४ वटा निर्जीवन बिमा कम्पनी र ४ वटा लघुबिमा कम्पनीले ३७ अर्ब ५६ करोड ८९ लाख ४१ हजार व्यवसाय गरेका हुन् ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बिमकहरूले कुल २५ लाख ८४ हजार ६ सय ४९ बीमालेख जारी गरेका थिए ।

नेप्से परिसूचक १७ अङ्कले घट्यो

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

पर्यटकको अभावमा वनकरिया बस्तीको ‘होमस्टे’ बन्द

इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर

भुक्तानी माग्दै लुम्बिनीका निर्माण व्यवसायी सडकमा, आन्दोलनको चेतावनी

लुम्बिनी प्रदेशका निर्माण व्यवसायीहरूले सम्पन्न भइसकेका विकास आयोजनाहरूको भुक्तानी तत्काल उपलब्ध गराउन माग गरेका छन्।

उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै भुक्तानी नपाए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

रायोको सागमा भेटियो घातक विषादी, झन्डै शतप्रतिशत ‘अर्गानोफस्फेट’ पुष्टि

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा भइरहेको छ ?

हलिया मुक्ति घोषणाको १८ वर्ष : ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

२००८ पछि जन्मेकाले बेलायतमा जीवनभर चुरोट किन्न नपाउने

बेलायतले भावी पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक पारित गरेको छ, जसलाई स्वास्थ्य क्षेत्रमा ठूलो मोडका रूपमा हेरिएको छ । संसदबाट पारित यस कानूनले अबको पुस्तालाई चुरोटको पहुँचबाट क्रमशः टाढा लैजाने स्पष्ट सङ्केत दिएको छ ।

धूम्रपान नियन्त्रणका लागि दशकौँदेखि चलिरहेको अभियानपछि यो सफलता हासिल भएको भन्दै धूम्रपानविरुद्ध काम गर्ने संस्था ‘एक्सन अन स्मोकिङ एन्ड हेल्थ’ का प्रमुख कार्यकारी हेजल चिजम्यानले ‘धूम्रपानको अन्त्य अब टाढाको लक्ष्य नभइ, अपरिहार्य प्रक्रिया बनिसकेको’ प्रतिक्रिया दिए ।

उनले यस कदमलाई सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि निर्णायक उपलब्धि ठानेका छन् । सुर्तीजन्य पदार्थ र भेपसम्बन्धी विधेयकअनुसार डिसेम्बर ३१, २००८ पछि जन्मिएका व्यक्तिहरूलाई जीवनभर चुरोट किन्न नपाउने व्यवस्था गरिनेछ ।

वर्षौंदेखि जीर्ण नहर मर्मत नहुँदा किसान मर्कामा

सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न अनुरोध

नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ७ : ०२ बजे

रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

मस्को – मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

गुजरात – पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा