युक्रेनी हमलापछि रुसी तेल प्रशोधन केन्द्रमा आगलागी « Khabarhub

युक्रेनी हमलापछि रुसी तेल प्रशोधन केन्द्रमा आगलागी


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनको आक्रमणपछि रूसको दक्षिणी तटीय शहर तुआप्सेस्थित तेल प्रशोधन केन्द्रमा ठूलो आगलागी हुँदा वायु प्रदूषण बढेको र स्थानीय बासिन्दालाई घरभित्रै बस्न निर्देशन दिइएको छ।

रूसी अधिकारीका अनुसार सोमबार युक्रेनले ब्ल्याक सी क्षेत्रअन्तर्गत पर्ने तुआप्से तेल प्रशोधन केन्द्रमा आक्रमण गरेपछि चारवटा भण्डारण ट्याङ्कीमा आगलागी भएको हो। आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको जनाइएको छ।

आगलागीपछि शहरको आकाशमा बाक्लो कालो धुवाँ फैलिएको छ भने बुधबार विषाक्त कणहरूको प्रभावका कारण वायु प्रदूषण सामान्यभन्दा दुईदेखि तीन गुणासम्म बढेको अधिकारीहरूले बताएका छन्। त्यसको असरस्वरूप केही क्षेत्रमा ‘विषाक्त वर्षा’ जस्तो अवस्था देखिएको जनाइएको छ।

स्थानीय बासिन्दाले सामाजिक सञ्जालमा राखेका तस्बिर तथा भिडियोमा शहरमाथि कालो धुवाँको बादल मडारिएको, समुद्री तटमा तेल फैलिएको तथा मरेका माछा र चराचुरुङ्गी देखिएको उल्लेख गरिएको छ। छाडा जनावरहरूको शरीर कालो अवशेषले ढाकिएको र सवारी साधनहरूमा कालो दाग जमेको दृश्यसमेत सार्वजनिक भएका छन्।

शहर प्रशासनले बासिन्दालाई झ्याल ढोका बन्द गर्न, अनावश्यक बाहिरी गतिविधि नगर्न र बाहिर निस्कँदा मास्क प्रयोग गर्न आग्रह गरेको छ।

ब्ल्याक सी किनारमा अवस्थित तुआप्से शहर पर्यटकका लागि लोकप्रिय गन्तव्य मानिन्छ। पछिल्ला हप्ताहरूमा युक्रेनले रूसको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएको छ, जसलाई रूसको सैन्य खर्चको प्रमुख स्रोतका रूपमा हेरिन्छ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ५ : ५७ बजे

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र