युक्रेनी हमलापछि रुसी तेल प्रशोधन केन्द्रमा आगलागी « Khabarhub

युक्रेनी हमलापछि रुसी तेल प्रशोधन केन्द्रमा आगलागी


१० बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनको आक्रमणपछि रूसको दक्षिणी तटीय शहर तुआप्सेस्थित तेल प्रशोधन केन्द्रमा ठूलो आगलागी हुँदा वायु प्रदूषण बढेको र स्थानीय बासिन्दालाई घरभित्रै बस्न निर्देशन दिइएको छ।

रूसी अधिकारीका अनुसार सोमबार युक्रेनले ब्ल्याक सी क्षेत्रअन्तर्गत पर्ने तुआप्से तेल प्रशोधन केन्द्रमा आक्रमण गरेपछि चारवटा भण्डारण ट्याङ्कीमा आगलागी भएको हो। आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको जनाइएको छ।

आगलागीपछि शहरको आकाशमा बाक्लो कालो धुवाँ फैलिएको छ भने बुधबार विषाक्त कणहरूको प्रभावका कारण वायु प्रदूषण सामान्यभन्दा दुईदेखि तीन गुणासम्म बढेको अधिकारीहरूले बताएका छन्। त्यसको असरस्वरूप केही क्षेत्रमा ‘विषाक्त वर्षा’ जस्तो अवस्था देखिएको जनाइएको छ।

स्थानीय बासिन्दाले सामाजिक सञ्जालमा राखेका तस्बिर तथा भिडियोमा शहरमाथि कालो धुवाँको बादल मडारिएको, समुद्री तटमा तेल फैलिएको तथा मरेका माछा र चराचुरुङ्गी देखिएको उल्लेख गरिएको छ। छाडा जनावरहरूको शरीर कालो अवशेषले ढाकिएको र सवारी साधनहरूमा कालो दाग जमेको दृश्यसमेत सार्वजनिक भएका छन्।

शहर प्रशासनले बासिन्दालाई झ्याल ढोका बन्द गर्न, अनावश्यक बाहिरी गतिविधि नगर्न र बाहिर निस्कँदा मास्क प्रयोग गर्न आग्रह गरेको छ।

ब्ल्याक सी किनारमा अवस्थित तुआप्से शहर पर्यटकका लागि लोकप्रिय गन्तव्य मानिन्छ। पछिल्ला हप्ताहरूमा युक्रेनले रूसको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएको छ, जसलाई रूसको सैन्य खर्चको प्रमुख स्रोतका रूपमा हेरिन्छ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ५ : ५७ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका