काठमाडौंका विद्यालयमा वैशाख १५ गतेदेखि पठनपाठन सुरू हुने « Khabarhub

काठमाडौंका विद्यालयमा वैशाख १५ गतेदेखि पठनपाठन सुरू हुने


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत विद्यालय सञ्चालन सम्बन्धी सूचना जारी गरेको छ। महानगरको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारकाे निर्णयअनुसार काठमाडौँ भित्रका सबै विद्यालयमा पठनपाठन तथा शैक्षिक गतिविधि आगामी वैशाख १५ गतेदेखि सुरु गरिने भएको हो ।

महानगरले नेपाल सरकार को निर्णय तथा काठमाडौँ उपत्यका मेयर्स फोरमको अनुरोधलाई ध्यानमा राख्दै शिक्षक, कर्मचारी र विद्यार्थीमा परेको प्रभाव, विद्यालय व्यवस्थापन समितिको तयारी तथा समग्र परिस्थितिको विश्लेषणपछि यस्तो निर्णय गरेको जनाएको छ।

सूचनामा सरोकारवालाहरूबीच देखिएको अन्योल हटाउन व्यावहारिक आधारमा विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको उल्लेख छ। यससँगै सम्बन्धित सबै विद्यालयलाई आवश्यक तयारी गरी निर्धारित मितिदेखि नियमित रूपमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिइएको छ।

महानगरले विद्यालय निरीक्षक तथा स्रोत शिक्षकहरूलाई आफ्नो क्षेत्रमा सूचना प्रवाह तथा समन्वय गर्न पनि आग्रह गरेको छ। साथै सूचना प्रविधि विभागलाई उक्त सूचना आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गर्न भनिएको छ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ९ : ४९ बजे

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल