२०८३ साल जेठ ९ गते शनिबारको राशिफल « Khabarhub

२०८३ साल जेठ ९ गते शनिबारको राशिफल


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ  – आज २०८३ साल जेठ ९ गते शनिबार। अधिक जेठ शुक्ल पक्षको षष्ठी तिथि।  तदनुसार सन् २०२६ मे २३ तारिख।  युगकवि सिद्धिचरण श्रेष्ठ जन्मजयन्ती।  नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्।  चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।  त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। तपाईंको बोलीको प्रभाव पर्नेछ। सामाजिक सेवा र परोपकारमा मन जानेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। परिवारको साथ लिएर गरेको व्यापारबाट फाइदा हुनेछ।

वृष : दिन सामान्य छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा ठगबाट सचेत हुनुपर्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

मिथुन : तपाईंका लागि दिन राम्रो छ। पुराना साथीसँग भेट हुनेछ। शिक्षा क्षेत्रमा फाइदा हुने दिन छ। :वा:थ्यको क्षेत्रमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन धेरै राम्रो छ। सोचेको काम बन्नेछ। शिक्षा क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ। साथीको साथ मिल्नेछ। संकटमा परिवारले सहयोग गर्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। घरजग्गाको कारोबारबाट उन्नति हुनेछ। साथीसँगको भेटले दिन रमाइलो हुनेछ। परिवारलाई समय दिन नसक्दा भने खटपटी बढ्नेछ।

कन्या : दैनिकी सामान्य छ। बोल्दा सोचेर बोल्नुपर्ने छ। तपाईंले गरेको कामको जस अरुले लिने योग छ। बिहान दान गरेर दिनको सुरुवात गर्नु उत्तम हुन्छ। संकटमा साथीको साथ प्राप्त हुनेछ।

तुला : प्रतिष्ठा बढ्नेछ।  श्रमको मूल्यांकन हुनेछ। सामाजिक क्षेत्रमा रुचि बढ्नेछ। आर्थिक क्षेत्रमा लगानी भए व्यापार नाफा हुनेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुने देखिन्छ।

वृश्चिक : समय राम्रो छ।आज प्रतिभा देखाउने दिन छ।  कर्म क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। बौद्धिक क्षेत्रमा तपाईंको चर्चा हुँदा मन शान्त हुनेछ।

धनु : आज पठनपाठनमा रुची बढ्नेछ। शिक्षा र :वा:थ्यमा तपाईंको उन्नति हुनेछ। परिवारमा खटपटी हुने जोखिम देखिन्छ। कसैलाई पनि पूर्ण विश्वास नगर्नु राम्रो हुन्छ।

मकर : समय सामान्य छ। सहयोगी हात टाढा पुग्ने जोखिम छ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ। शिक्षामा मिहिनेत धेरै गर्नुपर्ने देखिन्छ। संकटमा गुरुले साथ दिनेछन्।

कुम्भ : दिन राम्रो छ। आज मानप्रतिष्ठा बढ्नेछ।  साथीभाइसँगको भेटले मन खुसी हुनेछ।  आम्दानीका :रोत भेटिने भएकाले हर्ष बढ्नेछ।  

मीन : दोधारे बानीले मन अशान्त बन्नेछ। संघर्षबाट सफलता मिल्ने देखिन्छ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ। :वा:थ्यमा सुधार हुनेछ। वैदेशिक लगानी गरेको भए उन्नति हुनेछ। परिवारको साथ प्राप्त हुनेछ।

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  ५ : ३२ बजे

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन