सामुदायिक रेडियो प्रविधिमैत्री हुनुपर्छ : सञ्चारमन्त्री « Khabarhub

सामुदायिक रेडियो प्रविधिमैत्री हुनुपर्छ : सञ्चारमन्त्री


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

पाटन– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्त्व नघटेकाले यस्ता रेडियो प्रविधिमैत्री हुँदै जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।

दक्षिण एसियाको पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा ११०२.४  मेगाहर्जको ३०औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सामुदायिक रेडियो थप प्रविधिमैत्री भएर जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्ने बताए । 

मन्त्री डा तिमल्सिनाले मुलुकका आमनागरिक तथा बुद्धिजीवीका कारण रेडियोको महत्त्व अहिले पनि नघटेकाले मर्यादित र उत्तरदायी पत्रकारिता आजको आवश्यकता रहेकामा जोड दिए । उनले नैतिक पत्रकारिता र जिम्मेवारीपूर्ण सञ्चारका लागि रेडियो सगरमाथा थप प्रविधिमैत्री हुँदै महत्त्वपूर्ण भूमिका निर्वाह गरोस् भनी शुभकामना व्यक्त गरे।

.रेडियो सगरमाथा नेपालको इतिहासमा निष्पक्षताको मानक भएको तथ्य तीन दशकदेखि देखाइरहेका, पढाइरहेको छ । अहिले अधिकांश सञ्चारमाध्यमले सङ्घर्ष गरिरहनुपरेको छ । सञ्चारमाध्यमको दिगोपनाका लागि सकारात्मक प्रभाव पार्नेगरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्नेछु,’ मन्त्री डा तिमल्सिनाले भने। 

उनले लोककल्याणकारी विज्ञापनमा राज्यले ३० करोड खर्च गरिरहेको जानकारी दिँदै अरु विज्ञापनमा चलखेल भएकाले हाललाई त्यो रोकिएको बताए।

‘सञ्चारमध्यमले पाउनुपर्ने विज्ञापन पाउन सकेका छैनन्, यसका लागि श्रमजीवी पत्रकारले आवाज उठाउनुपर्छ । सरकारलाई बुझाएको कर सदुपयोग हुनुपर्छ, लोककल्याणकारी विज्ञापनको दुरुपयोग भएको भए सोको उचित हिसाब हुन्छ । जनताको इच्छा र अपेक्षाअनुसारको सञ्चारका लागि लोककल्याणकारी विज्ञापन खर्च हुनुपर्छ’, सञ्चरमन्त्री डा तिमल्सिनाले भने। 

उनले आफूले २०६० सालदेखि २०७० सालसम्म रेडियो सगरमाथामा नियमित सेवा गरेको स्मरण गर्दै मन्त्री हुनुको आधार रेडियो सगरमाथा रहेको धारणा राखे ।

नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तेइले ३० वर्षको यो यात्रामा रोडियो सगरमाथाले समुदायको आवाजलाई बुलन्द बनाउन सहयोग गरेको भन्दै नागरिकको आवाजलाई उजागर गर्न सामुदायिक रेडियोको महत्त्वपूर्ण भूमिका हुने धारणा राखे। युनेस्कोले सामुदायिक रेडियोहरूका लागि कार्यक्रम र फेलोसिपहरू प्रदान गर्दै आएको उनले जानकारी दिए । 

वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्रशेखर कार्कीले रेडियो सगरमाथा र वातावरण पत्रकार समूह एकअर्काका सारथी रहेका बताउँदै दुवै संस्थाको सहकार्य र समन्वयबाट प्रभावकारी र सकारात्मक सञ्चार प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याए । 

रेडियो सगरमाथाका सञ्चालक समितिका अध्यक्ष डा घमराज लुइँटेलले रेडियो सगरमाथा स्वतन्त्र सञ्चारमाध्यम तथा अभिव्यक्ति स्वतन्त्रताको इतिहास भएको बताउँदै स्वतन्त्र र सामुदायिक भावनालाई उजागर गर्ने रेडियोलाई सरकारले अनुदान दिएर सहयोग गर्नुपर्नेमा जोड दिए ।

रेडियो सगरमाथाका स्टेसन म्यानेजन उर्वशी बस्नेतले सामुदायिक उत्तरदायित्वलाई केन्द्रमा राखेर तीन दशकदेखि निरन्तर काम गर्दै आएको जानकारी गराउँदै लोकतन्त्र, समृद्धि र सामुदायिक उत्तरदायित्वको यात्रामा जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गरे। 

दक्षिण एसियाको पहिलो स्वतन्त्र प्रसारण सेवाका रूपमा रेडियो सगरमाथाको सुभारम्भ विसं २०५४ जेठ ९ गतेदेखि सञ्चालन भएको थियो । 

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  १२ : २७ बजे

भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा

सिद्धार्थनगर– सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय

नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षा शिक्षाका लागि विदेश

यार्सागुम्बा संकलन गर्न गएका युवाको भीरबाट लडेर मृत्यु

गोरखा– यार्सागुम्बा संकलन गर्न गएका गोरखाका एक जना युवाको भीरबाट लडेर

‘युक्रेनी ड्रोन आक्रमणले रूसी तेल डिपोमा आगलागी’ 

एजेन्सी– युक्रेनी ड्रोन आक्रमण पछि दक्षिणी रूसी बन्दरगाह स्थित नोवोरोसिस्कको

भदौ २४ को घटनामा सरकारको ढाकछोप स्वीकार्य छैन : गगन थापा

विराटनगर – नेपाली कांग्रेसका नेता गगन थापाले भदौ २४ गते