रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य हुँदैछ : मन्त्री यादव « Khabarhub

रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य हुँदैछ : मन्त्री यादव


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बागमती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको लागि गृहकार्य भइरहेको बताएकी छन् । 
    
हेटौँडास्थित औद्योगिक क्षेत्रको आज निरीक्षण गर्दै मन्त्री यादवले रुग्ण हेटौँडा कपडा उद्योग सञ्चालनमा आए मुलुकको आर्थिक विकासमा टेवा पुग्ने भएकाले छिट्टै कपडा उद्योग सञ्चालनको कामलाई तीव्रता दिने बताइन्।

मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन र रोजगारीको वातावरण सृजना गर्न सरकारले रुग्ण उद्योग सञ्चालनमा ल्याउने नीति लिएको उल्लेख गर्दै मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा रुग्ण कपडा उद्योग सञ्चालनको लागि बजेट विनियोजन गरिने प्रतिबद्धतासमेत व्यक्त गरिन्। 

बन्द उद्योगहरू सञ्चालनमा आए रोजगारीको अवसर सृजना हुने उल्लेख गर्दै मन्त्री यादवले कपडा उद्योग सञ्चालनका लागि आवश्यक तयारीमा सरकार जुटेको बताए। 

मन्त्री यादवले हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँगै रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको निरीक्षण गरिन्। सो अवसरमा हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख संगिता कुँवरले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको अवस्थाबारे मन्त्री यादवलाई जानकारी गराइन्।

अमेरिकी सरकारको आर्थिक सहयोगमा विसं २०२० मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल १४७ उद्योग तथा प्रतिष्ठान छन् । 

कूल तीन हजार २२८ रोपनी क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रभित्र अहिले खाद्य उद्योग, युनाइटेड ब्रुअरी (पेय पदार्थ), गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग प्रमुख उद्योगको रुपमा सञ्चालनमा छन् ।
 

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  १२ : ३८ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६