शृङ्गेरीका शंकराचार्यद्वारा बूढानीलकण्ठ मन्दिरमा पूजाआराधना « Khabarhub

शृङ्गेरीका शंकराचार्यद्वारा बूढानीलकण्ठ मन्दिरमा पूजाआराधना


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिणाम्नाय शारदापीठ शृङ्गेरीका शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानमले बूढानीलकण्ठ मन्दिरमा पूजाआराधना एवं दर्शन गरेका छन् । आज बिहान उनी बूढानीलकण्ठमा पूजाआराधनाका लागि आज आएका हुन् ।

मन्दिरमा उनी पूजामा सहभागी भई सहस्रकमल अर्पण गरे। पूजाआराधनापछि मन्दिर परिसरमा प्रवचन दिँदै शृङ्गेरीका शंकराचार्य विधुशेखरले नेपालीमा धर्म, संस्कृतिप्रतिको आस्था प्रगाढ रहेको बताए। वैदिक दर्शनको मूल्य, मान्यतामा आधारित नेपाल र भारत पूर्वीय दर्शन एवं ज्ञानकाबारेमा विश्वमा नेतृत्व गर्न सक्षम भएको पनि उनले बताए। 

शंकराचार्यलाई बूढानीलकण्ठ दशनामी मठका महन्त स्वामी निगमानन्दले त्यस क्षेत्रका सम्पदा र तिनको महत्वका बारेमा जानकारी गराएका थिए । विधुशेखर भारतीले श्री पशुपतिनाथ, मुक्तिनाथ, देवघाटधाम, मौलाकालिकालगायत तीर्थस्थलको पूजाआराधना एवं दर्शन गर्ने कार्यक्रम रहेको उनको भ्रमण व्यवस्थापनका लागि गठन गरिएको सचिवालयले जनाएको छ । 

काठमाडौँमा उनले वसन्तपुरस्थित कालभैरवको दर्र्शन गरी त्यस क्षेत्रका सम्पदाको पनि आज दिउँसो अवलोकन गर्ने कार्यक्रम छ । साथै पाटनको कृष्णमन्दिर र त्यहाँका सम्पदास्थलको पनि अवलोकन गर्नुहुनेछ । भाटभटेनी मन्दिर र किओच बाल अस्पतालको उद्घाटनसमेत गर्ने कार्यक्रम रहेको भ्रमण व्यवस्थापन सचिवालयले जनाएको छ ।

शृङ्गेरी पीठका उत्तराधिकारी शंकराचार्यको यो नेपाल भ्रमण करिब ६१ वर्षपछि भएको हो । यसअघि विसं २०२२ मा शृङ्गेरीका शंकराचार्यले नेपाल भ्रमण गरेका थिए । उनको भ्रमणलाई ‘धार्मिक विजय यात्रा नेपाल २०८३’ नाम दिइएको छ । 

शंकराचार्य विधुशेखर नेपाल आएका बेला पशुपतिनाथ परिसरस्थित शंकराचार्य मठमा विशेष कार्यक्रम आयोजना गरिएको छ । यो कार्यक्रम शुक्रबार साँझदेखि चन्द्रमौलेश्वरको पूजाआराधना गरी सुरु भएको हो । शारदा पीठ आद्य शंकराचार्यले स्थापना गरेका चार पीठमध्ये पहिलो पीठ हो ।

नेपालमा रहेका धार्मिक सम्पदाको तीर्थयात्राका लागि विधुशेखर शुक्रबार काठमाडौँ आइपुगेका । काठमाडौँ आएलगत्तै उनले पशुपति क्षेत्रस्थित शंकराचाय मठमा सङ्क्षिप्त प्रवचन गरेका थिए । त्यसलगत्तै उनले शुक्रबार बेलुकी बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा पनि पूजाआराधना गरेका थिए।
 

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  १ : ११ बजे

बाँकेका पाँच जनालाई घर घरमा राहदानी वितरण

नेपालगञ्ज– बाँकेमा हुलाक कार्यालयमार्फत यहाँका तीन स्थानीय तहका पाँच जनालाई

कान्स फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक : सुनिता डंगोल

 काठमाडौं – काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा

क्यालिफोर्नियामा रासायनिक ट्यांकी चुहावटका कारण हजारौँ विस्तापित

एजेन्सी– अमेरिकाको क्यालीफेर्नियामा एउटा रासायनिक ट्यांकी चुहावट हुन थाले पछि

चीनसँगको व्यापारिक नाका ओलाङचुङ्गोला पुनः सञ्चालन

फुङ्लिङ– ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको

भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा

सिद्धार्थनगर– सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय