चिनको कोइलाखानीमा ग्यास विस्फोट, आठ जनाको मृत्यु, ३८ अझै बेपत्ता « Khabarhub

चिनको कोइलाखानीमा ग्यास विस्फोट, आठ जनाको मृत्यु, ३८ अझै बेपत्ता


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – उत्तरी चिनको एक कोइलाखानीमा भएको ग्यास विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३८ जना अझै बेपत्ता रहेका छन् ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार शानक्सी प्रान्तस्थित लिउसेनयु कोइला खानीमा शुक्रबार साँझ ७ः२९ बजे विस्फोट भएको हो । विस्फोटका बेला खानीभित्र २४७ जना कामदार कार्यरत रहेका थिए ।

तीमध्ये २०१ जनालाई शनिबार सुरक्षित रूपमा उद्धार गरिएको जनाइएको छ । स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूलाई उद्धृत गर्दै सिन्ह्वाले आठ जनाको मृत्यु पुष्टि गरेको छ । बेपत्ता रहेका ३८ जनाको खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ ।

यस घटनापछि चिनियाँ राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचारमा ‘सम्भावित सबै प्रयास’ गर्न निर्देशन दिँदै घटनाको गम्भीर अनुसन्धान गर्न आग्रह गरेका छन् ।

उनले सबै क्षेत्र र सम्बन्धित निकायलाई यस दुर्घटनाबाट पाठ सिक्न, कार्यस्थल सुरक्षामा थप सतर्क रहन तथा यस्ता विनाशकारी घटना रोक्न प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन् ।

यसअघि सिन्ह्वाले खानीभित्र कार्बन मोनोअक्साइडको मात्रा अत्यधिक विषाक्त स्तरमा पुगेको जनाएको थियो । बेपत्ता केही कामदारको अवस्था गम्भीर हुन सक्ने अनुमान गरिएको छ ।

पछिल्ला वर्षहरूमा चिनमा खानी सुरक्षामा केही सुधार आएको भए पनि पर्याप्त सुरक्षा मापदण्ड पालना नहुँदा यस्ता दुर्घटनाहरू अझै दोहोरिने गरेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  १ : ३१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको