भदौ २४ को घटनामा सरकारको ढाकछोप स्वीकार्य छैन : गगन थापा « Khabarhub

भदौ २४ को घटनामा सरकारको ढाकछोप स्वीकार्य छैन : गगन थापा


९ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

विराटनगर – नेपाली कांग्रेसका नेता गगन थापाले भदौ २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।

शनिबार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा उनले सरकारले आफ्नो प्रतिबद्धता अनुसार भदौ २४ गतेको घटनाको न्यायिक छानबिन गर्न आयोग गठन गर्नुपर्ने माग गरे ।

थापाले भदौ २३ र २४ गते भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताउँदै प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुनुपर्ने जिकिर गरे ।

उनले मानव अधिकार आयोगको प्रतिवेदन रोक्न दबाब दिइएको भन्ने कुरा सुनिएको उल्लेख गर्दै त्यस्ता गतिविधि नगर्न सम्बन्धित पक्षलाई आग्रह गरे ।

एक प्रश्नको जवाफमा थापाले सरकार गठन भएयता कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई नियन्त्रण गर्ने प्रयास गरिरहेको आरोप लगाए । उनले यस्ता गतिविधि लोकतान्त्रिक अभ्यासविपरीत रहेको भन्दै कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।

सरकारका गलत क्रियाकलाप रोक्न आफूहरू निरन्तर प्रयासरत रहने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा उनले मुलुकको वर्तमान अवस्था र गम्भीरतालाई ध्यानमा राख्दै पार्टीभित्र देखिएका असहमति र विमतिलाई संवादमार्फत समाधान गर्न आफू तयार रहेको बताए ।

थापाले केन्द्रीय समिति बाहिर रहेका सबै पक्षलाई समेटेर अघि बढ्न आफू सकारात्मक रहेको उल्लेख गर्दै पार्टी विधि र विधानभन्दा बाहिर गएर काम नगर्न आग्रह गरे ।

प्रकाशित मिति : ९ जेष्ठ २०८३, शनिबार  १ : ४७ बजे

सिड्नीमा नेपाली समुदायसँग तिहार मनाए प्रधानमन्त्री अल्बानिजले

सिड्नी- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले शनिबार सिड्नीमा आयोजित नेपाल फेस्टिभल

त्रिविले तल्ला निकायलाई अधिकार प्रत्यायोजन प्रक्रिया अघि बढायो

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विकेन्द्रीकरणको अवधारणाअनुसार तल्ला निकायलाई

भोटेकोशी बाढी : बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा

पद्मरत्न तुलाधरको आठौँ स्मृति दिवस मनाइयो

काठमाडौँ – मानवअधिकारवादी नेता, शान्ति अभियन्ता, मातृभाषा अभियन्ता तथा साहित्यकार

सर्वोच्चका प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकियो

काठमाडौँ– सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेको संसदीय सुनुवाइ सकिएको