रास्वपा बैठकमा खैलाबैला, सांसदमाथि खनिए कार्यकर्ता « Khabarhub

रास्वपा बैठकमा खैलाबैला, सांसदमाथि खनिए कार्यकर्ता


९ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बारामा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा खैलाबैला मच्चिएको छ । पार्टीभित्र आन्तरिक विवाद चुलिँदा आफ्नै कार्यकर्ता सांसदमाथि खनिएका छन् ।

टिकट वितरण र संगठन विस्ताजस्ता विषयलाई लिएर असन्तुष्ट पक्ष हात हालाहालमा उत्रिएपछि बैठकस्थलमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो । स्थिति नियन्त्रण बाहिर गएपछि रास्वपाका बारा क्षेत्र नम्बर १ का सांसद गणेश धिमाल, क्षेत्र नम्बर २ का चन्दन सिंह, क्षेत्र नम्बर ३ का अरविन्द साह र क्षेत्र नम्बर ४ का रहबर अन्सारी ज्यान जोगाउन बैठक स्थलबाट बाहिरिनु परेको थियो ।

उक्त बैठकमा रास्वपाका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षका जिल्ला पदाधिकारी तथा स्थानीय तहका सभापतिहरूलाई नियतवश संगठनबाट बाहिर राख्न खोजिएको आरोप असन्तुष्ट पक्षले लगाएको छ । जिल्लाका स्थानीय तह र वडाहरूमा जगैदेखि संगठन विस्तारमा खटिएका पुराना साथीहरूलाई आगामी स्थानीय तहको निर्वाचनमा पाखा लगाउन खोजिएको भन्दै कार्यकर्ताहरू आक्रोशित बनेका थिए ।

लगनशील कार्यकर्तालाई टिकट दिनुको साटो सांसदहरूले पहिले नै टिकट बिक्री गरिसकेको रहस्य खुलेपछि बैठकमा भनाभन सुरु भई अन्ततः आक्रमणको रूप लिएको हो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८३, शनिबार  ४ : ३३ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम