भारतसँग ब्रह्मोस क्षेप्यास्त्र किन्ने भियतनामको तयारी « Khabarhub

भारतसँग ब्रह्मोस क्षेप्यास्त्र किन्ने भियतनामको तयारी


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण चीन सागरमा चीनको बढ्दो सैन्य सक्रियताबीच भियतनामले भारतसँग ब्रह्मोस सुपरसोनिक क्रुज क्षेप्यास्त्र प्रणाली खरिद गर्ने तयारी गरेको छ । यो क्षेप्यास्त्र प्रणाली भारत र रुसले संयुक्त रूपमा विकास गरेका हुन् ।

भियतनामी राष्ट्रपति तो लामको हालैको भारत भ्रमणका क्रममा दुवै देशबीच यस विषयमा छलफल भइरहेको भारतीय विदेश मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका सचिव पी. कुमारनले यस विषयमा सकारात्मक प्रगति भइरहेको र अन्य सैन्य सामग्रीका बारेमा पनि कुराकानी चलेको जानकारी दिएका छन् ।

भारत र रुसका दुई प्रमुख नदीहरू— ब्रह्मपुत्र र मस्कभाको नामबाट यस क्षेप्यास्त्रको नाम ‘ब्रह्मोस’ राखिएको हो। सन् १९९८ मा स्थापना भएको ‘ब्रह्मोस एरोस्पेस’ कम्पनीले यसको निर्माण र बजारीकरण गर्दै आएको छ।

यदि यो सम्झौता सफल भएमा भियतनाम ब्रह्मोस क्षेप्यास्त्र किन्ने तेस्रो आशियान राष्ट्र बन्नेछ। यसअघि सन् २०२२ मा फिलिपिन्सले भारतसँग ३७ करोड ५० लाख डलरको सम्झौता गरी सन् २०२४ को अप्रिलमा पहिलो खेप प्राप्त गरिसकेको छ । त्यस्तै, इन्डोनेसियाले पनि आफ्नो तटीय रक्षा प्रणालीलाई बलियो बनाउन भारतसँग ब्रह्मोस खरिद सम्झौता फाइनल गरिसकेको छ ।

यो क्षेप्यास्त्र हावा, जमिन, समुद्र र पनडुब्बी जुनसुकै स्थानबाट पनि प्रहार गर्न सकिने प्रविधियुक्त छ । यसले २०० देखि ३०० किलोग्रामसम्मको परम्परागत हतियार बोक्न सक्छ र यसको मारक क्षमता २९० किलोमिटर छ । प्रतिघण्टा २,९८० देखि ३,३४० किलोमिटरको तीव्र गतिमा उड्ने हुनाले यसलाई संसारको कुनै पनि हतियारले बीचमै रोक्न नसक्ने दाबी निर्माण कम्पनीको छ।

सञ्चार माध्यमहरूका अनुसार भारत र भियतनामबीच हुन लागेको यो सम्झौता झन्डै ६० अर्ब भारतीय रुपैयाँ (६२ करोड डलर) बराबरको हुन सक्ने अनुमान गरिएको छ। दक्षिण चीन सागरमा चीनको दबाब बढिरहेका बेला यो क्षेप्यास्त्रले भियतनामको सैन्य आधुनिकीकरण र तटीय सुरक्षालाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  ४ : ४२ बजे

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या