रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण « Khabarhub

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ । यसका लागि आज बिहान ७ बजेदेखि प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिएको छ । सोमबार बिहान साढे ८ बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएको हो ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार परिचयपत्र वितरणपछि बन्दसत्र सुरुआत गरिने छ । उनले महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने कार्य नसकिएकाले महाधिवेशनको बन्दसत्रपछि सरेको बताए ।

महाधिवेशन पार्टी सर्वोच्च निकाय भएकाले यस प्रक्रियामा विवाद नआओस् भन्नेमा पार्टी प्रतिबद्ध रहेको जनाउँदै उनले केही ढिलाइ भए पनि समस्या नआउने गरी काम गरिएको जानकारी दिए । उनले सोमबार साँझ ७ बजेदेखि नै कार्ड वितरण थालिएको जानकारी दिए । राति छपाइ भएका कार्ड प्रदेशमार्फत अहिले बिहानदेखि वितरण थालिने छ । सात प्रदेश र समायोजन एवं प्रवासका कार्ड फरक फरक ठाउँबाट सहज रुपमा वितरण गरिने पार्टीले जनाएको छ ।

कार्ड वितरणपछि पूर्ववत् तालिकाअनुसार नै बन्दसत्र सञ्चालन गरिने जनाइएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसमा छलफल पश्चात कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ ।

कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुनेछ । सोपश्चात् पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ । विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेस तथा छलफल र अनुमोदन गरिने छ । पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने सम्भावित तालिका रहेको छ । सोपश्चात् निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने छ ।

आइतबार दिउँसो गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्रका कार्यक्रम उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा भइरहेको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ७ : २९ बजे

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको