द्वन्द्वप्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति वितरण « Khabarhub

द्वन्द्वप्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति वितरण


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई मङ्गलबार छात्रवृत्ति प्रदान गरिएको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले निकुञ्ज कार्यालयमा आयोजित कार्यक्रममा प्रभावित परिवारका छात्रछात्रालाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति रकम हस्तान्तरण गरेकी हुन् ।

 विभिन्न समयमा बाघ, भालु, गैँडा तथा हात्तीको आक्रमणमा परी अभिभावक गुमाएका कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई उक्त आर्थिक सहयोग प्रदान गरिएको हो ।छात्रवृत्ति पाउने नौ जना विद्यार्थीमध्ये चार जनाले यस वर्ष पनि निरन्तरता पाएको मन्त्रीको  सचिवालयले जनाएको छ । 

राहत पाउनेमा निकुञ्ज आसपासका पौपाण्डव, बघौडा, रैवा, बूढीराप्ती, मेघौली, केरुङ्गा, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति तथा मृगकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति क्षेत्रका विपन्न एवं प्रभावित परिवारका बालबालिका छन् ।

स्थानीय तहमा वन्यजन्तुको उच्च जोखिमका बीच संरक्षणमा योगदान पुर्‍याउँदै आएका अति विपन्न परिवारलाई लक्षित गरी निकुञ्जले राष्ट्रिय प्रकृति संरक्षण कोषसँग मिलेर यो कार्यक्रम ल्याएको  हो ।

छात्रवृत्ति वितरण गर्दै मन्त्री चौधरीले वन्यजन्तुको आक्रमणबाट पीडित बनेका र अधिकांश आर्थिक रूपमा कमजोर रहेका परिवारका बालबालिकाको शिक्षामा आर्थिक सहायताले थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

मध्यवर्ती क्षेत्रका बासिन्दाले भोग्नुपरेको पीडाप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री चौधरीले मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई दीर्घकालीन रूपमा न्यूनीकरण गर्न तथा प्रभावितलाई उचित राहत एवं क्षतिपूर्ति दिलाउन सरकार निरन्तर प्रयासरत रहेको बताइन् ।
 

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १ : २८ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा