रास्वपा सह-महामन्त्रीमा यज्ञमणि न्यौपानेको उम्मेदवारी « Khabarhub

रास्वपा सह-महामन्त्रीमा यज्ञमणि न्यौपानेको उम्मेदवारी


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदका लागि अधिवक्ता यज्ञमणि न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन्।

न्यौपाने पार्टी स्थापनाकालदेखि नै न्यायिक तथा कानुनी क्षेत्रमा सक्रिय रहँदै आएका नेता हुन्।

रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी प्रकरणमा विभिन्न जिल्लामा हिरासत र थुनामा रहेका बेला न्यौपानेले कानुनी प्रतिरक्षा तथा न्यायिक प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

रास्वपाको विधानअनुसार पार्टीमा पाँच जना सहमहामन्त्री रहने व्यवस्था छ। तीमध्ये दुई जना सहमहामन्त्री सभापति रवि लामिछानेले मनोनयन गर्नेछन् भने बाँकी तीन पदका लागि निर्वाचन हुनेछ।

निर्वाचनमार्फत चयन हुने तीन सहमहामन्त्रीमध्ये कम्तीमा एक पदमा महिला प्रतिनिधित्व अनिवार्य गरिएको छ। आगामी नेतृत्व चयन प्रक्रियालाई लक्षित गर्दै न्यौपानेले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १ : ३८ बजे

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९