रास्वपा सह-महामन्त्रीमा यज्ञमणि न्यौपानेको उम्मेदवारी « Khabarhub

रास्वपा सह-महामन्त्रीमा यज्ञमणि न्यौपानेको उम्मेदवारी


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदका लागि अधिवक्ता यज्ञमणि न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन्।

न्यौपाने पार्टी स्थापनाकालदेखि नै न्यायिक तथा कानुनी क्षेत्रमा सक्रिय रहँदै आएका नेता हुन्।

रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी प्रकरणमा विभिन्न जिल्लामा हिरासत र थुनामा रहेका बेला न्यौपानेले कानुनी प्रतिरक्षा तथा न्यायिक प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

रास्वपाको विधानअनुसार पार्टीमा पाँच जना सहमहामन्त्री रहने व्यवस्था छ। तीमध्ये दुई जना सहमहामन्त्री सभापति रवि लामिछानेले मनोनयन गर्नेछन् भने बाँकी तीन पदका लागि निर्वाचन हुनेछ।

निर्वाचनमार्फत चयन हुने तीन सहमहामन्त्रीमध्ये कम्तीमा एक पदमा महिला प्रतिनिधित्व अनिवार्य गरिएको छ। आगामी नेतृत्व चयन प्रक्रियालाई लक्षित गर्दै न्यौपानेले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १ : ३८ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले