रास्वपामा रवि-बालेन भागबन्डाको विरोध, महाधिवेशन प्रतिनिधिले भने : कांग्रेस-एमालेकै रोग देखियो, विद्रोह गर्छौँ « Khabarhub

रास्वपामा रवि-बालेन भागबन्डाको विरोध, महाधिवेशन प्रतिनिधिले भने : कांग्रेस-एमालेकै रोग देखियो, विद्रोह गर्छौँ


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लम्बिँदै गएपछि प्रतिनिधिहरूको आक्रोश बढ्न थालेको छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहबीच प्रतिनिधिको भागबन्डा लगाउन थालिएपछि विद्रोह हुन थालेको हो ।

महाधिवेशनस्थलमा सहभागी कार्यकर्ताहरूको प्रतिनिधि पत्र नआएपछि विवाद र नाराबाजी भएको हो । प्रतिनिधिहरूले महाधिवेशनस्थलमै गुटगत अभ्यास थालिएको बताए ।

‘हामी बालेनको तस्बिर टाँसेर हिडौँ कि रविको’, आक्रोशित एकजना प्रतिनिधिले भने, ‘हामी कसको पछि लाग्ने हिँड्ने हो ? हामी राष्ट्रिय स्वतन्त्र पार्टी बचाउन आएको हो, देश बचाउन आएको हो।’

ती प्रतिनिधिले महाधिवेशनको हलमै विद्रोह गर्दै अझै पनि २०८२ भदौको आन्दोलनमा लागेको गोलीको छर्रा बोकेर हिँड्नुपरेको बताए । ‘अझै पनि हाम्रो शरीरमा गोलीका छर्राको दाग छ। निधारमा भाटाको चोट बोकेर हिँडेका छौँ। यो तरिकाले राष्ट्रिय स्वतन्त्र पार्टीले देश बनाउन सक्दैन’, उनले भने, ‘प्रतिनिधिको नामसहितको सूची त आयो तर हामी धेरैको जानाजान छुटाइएको छ। यो तरिकाले रास्वपा चल्दैन ।’

अर्का महाधिवेशन प्रतिनिले रास्वपा पनि एमाले र कांग्रेसजस्तै भएको भन्दै आक्रोश पोखे । ‘हामी एमाले र कांग्रेस जस्तो होइन । यहाँ आएका मान्छे कसरी खाली फर्किनुपर्ने हो ? यो तरिकाले रास्वपाले देश कसरी बनाउँछ ? तपाईंहरूलाई थाहा होला’, उनले भने, ‘प्रतिनिधिमा आफ्नो नाम नभएपछि धेरै साथीहरू आक्रोशित हुनु हुन्छ । यहाँ आएपछि मैले भोट हाल्न पाउनुपर्छ । हामीले भोट हाल्न पाउनुपर्छ, रास्वपाले सबैलाई चित्त बुझाउनुपर्छ।’

उनले रास्वपाले कसैलाई निराश बनाउनु नहुने बताए । ‘कसैका नाममा भागबन्डा लगाउन पाइँदैन। यहाँ कसैले भोट हाल्न पाएनन् भने हामी विद्रोह गर्छौँ’, उनले भने, ‘सबैको अधिकार छ भोट हाल्न पाउने । म बञ्चित भएँ, तपाईं बञ्चित भए आवाज उठाउँछौँ । यो पार्टी सबैले बनाएको हो । तर पुरानै पार्टीको शैलीमा जाने हो भने मानिँदैन, हामी एमाले-कांग्रेस होइन ।’

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १ : ३७ बजे

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९