रास्वपामा रवि-बालेन भागबन्डाको विरोध, महाधिवेशन प्रतिनिधिले भने : कांग्रेस-एमालेकै रोग देखियो, विद्रोह गर्छौँ « Khabarhub

रास्वपामा रवि-बालेन भागबन्डाको विरोध, महाधिवेशन प्रतिनिधिले भने : कांग्रेस-एमालेकै रोग देखियो, विद्रोह गर्छौँ


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लम्बिँदै गएपछि प्रतिनिधिहरूको आक्रोश बढ्न थालेको छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहबीच प्रतिनिधिको भागबन्डा लगाउन थालिएपछि विद्रोह हुन थालेको हो ।

महाधिवेशनस्थलमा सहभागी कार्यकर्ताहरूको प्रतिनिधि पत्र नआएपछि विवाद र नाराबाजी भएको हो । प्रतिनिधिहरूले महाधिवेशनस्थलमै गुटगत अभ्यास थालिएको बताए ।

‘हामी बालेनको तस्बिर टाँसेर हिडौँ कि रविको’, आक्रोशित एकजना प्रतिनिधिले भने, ‘हामी कसको पछि लाग्ने हिँड्ने हो ? हामी राष्ट्रिय स्वतन्त्र पार्टी बचाउन आएको हो, देश बचाउन आएको हो।’

ती प्रतिनिधिले महाधिवेशनको हलमै विद्रोह गर्दै अझै पनि २०८२ भदौको आन्दोलनमा लागेको गोलीको छर्रा बोकेर हिँड्नुपरेको बताए । ‘अझै पनि हाम्रो शरीरमा गोलीका छर्राको दाग छ। निधारमा भाटाको चोट बोकेर हिँडेका छौँ। यो तरिकाले राष्ट्रिय स्वतन्त्र पार्टीले देश बनाउन सक्दैन’, उनले भने, ‘प्रतिनिधिको नामसहितको सूची त आयो तर हामी धेरैको जानाजान छुटाइएको छ। यो तरिकाले रास्वपा चल्दैन ।’

अर्का महाधिवेशन प्रतिनिले रास्वपा पनि एमाले र कांग्रेसजस्तै भएको भन्दै आक्रोश पोखे । ‘हामी एमाले र कांग्रेस जस्तो होइन । यहाँ आएका मान्छे कसरी खाली फर्किनुपर्ने हो ? यो तरिकाले रास्वपाले देश कसरी बनाउँछ ? तपाईंहरूलाई थाहा होला’, उनले भने, ‘प्रतिनिधिमा आफ्नो नाम नभएपछि धेरै साथीहरू आक्रोशित हुनु हुन्छ । यहाँ आएपछि मैले भोट हाल्न पाउनुपर्छ । हामीले भोट हाल्न पाउनुपर्छ, रास्वपाले सबैलाई चित्त बुझाउनुपर्छ।’

उनले रास्वपाले कसैलाई निराश बनाउनु नहुने बताए । ‘कसैका नाममा भागबन्डा लगाउन पाइँदैन। यहाँ कसैले भोट हाल्न पाएनन् भने हामी विद्रोह गर्छौँ’, उनले भने, ‘सबैको अधिकार छ भोट हाल्न पाउने । म बञ्चित भएँ, तपाईं बञ्चित भए आवाज उठाउँछौँ । यो पार्टी सबैले बनाएको हो । तर पुरानै पार्टीको शैलीमा जाने हो भने मानिँदैन, हामी एमाले-कांग्रेस होइन ।’

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १ : ३७ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी