रास्वपा महाधिवेशनमा प्रतिनिधि छनोट विवाद : सभापति दाबी गरेपछि नाम हटाएको आरोप « Khabarhub

रास्वपा महाधिवेशनमा प्रतिनिधि छनोट विवाद : सभापति दाबी गरेपछि नाम हटाएको आरोप


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा प्रतिनिधि छनोटलाई लिएर असन्तुष्टि चुलिएको छ। सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेपछि आफ्नो नाम प्रतिनिधि सूचीबाट हटाइएको आरोप एक प्रतिनिधिले लगाएका छन्।

बाराको क्षेत्र नम्बर ३ का प्रतिनिधि भोला कुमार साह (कानु) ले सामाजिक सञ्जालमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेपछि आफूलाई महाधिवेशन प्रतिनिधिको सूचीबाट हटाइएको गुनासो गरेका छन्। उनका अनुसार यसअघि मधेश प्रदेशबाट उनको नाम प्रतिनिधि सूचीको १०२ नम्बरमा समावेश गरिएको थियो।

तर सभापतिमा उठ्ने इच्छा सार्वजनिक गरेपछि नाम हटाइएको दाबी गर्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्। अन्तिम नामावलीमा आफ्नो नाम समावेश नभएको भन्दै उनले आपत्ति जनाएका छन्।

महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियालाई लिएर विभिन्न स्थानमा विवाद देखिन थालेको छ। पार्टी नेतृत्वले भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  २ : ११ बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच