रास्वपा महाधिवेशनमा प्रतिनिधि छनोट विवाद : सभापति दाबी गरेपछि नाम हटाएको आरोप « Khabarhub

रास्वपा महाधिवेशनमा प्रतिनिधि छनोट विवाद : सभापति दाबी गरेपछि नाम हटाएको आरोप


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा प्रतिनिधि छनोटलाई लिएर असन्तुष्टि चुलिएको छ। सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेपछि आफ्नो नाम प्रतिनिधि सूचीबाट हटाइएको आरोप एक प्रतिनिधिले लगाएका छन्।

बाराको क्षेत्र नम्बर ३ का प्रतिनिधि भोला कुमार साह (कानु) ले सामाजिक सञ्जालमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेपछि आफूलाई महाधिवेशन प्रतिनिधिको सूचीबाट हटाइएको गुनासो गरेका छन्। उनका अनुसार यसअघि मधेश प्रदेशबाट उनको नाम प्रतिनिधि सूचीको १०२ नम्बरमा समावेश गरिएको थियो।

तर सभापतिमा उठ्ने इच्छा सार्वजनिक गरेपछि नाम हटाइएको दाबी गर्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्। अन्तिम नामावलीमा आफ्नो नाम समावेश नभएको भन्दै उनले आपत्ति जनाएका छन्।

महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियालाई लिएर विभिन्न स्थानमा विवाद देखिन थालेको छ। पार्टी नेतृत्वले भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  २ : ११ बजे

जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगित

जनकपुरधाम– नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै

गाजामा हतियार बिसाउन हमास सहमत, इजरायलले प्रतिबद्धता पूरा गर्नुपर्ने सर्त

काठमाडौँ– गाजामा क्रियाशील प्यालेस्टिनी समूह हमास र अन्य प्यालेस्टिनी सशस्त्र

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक