बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित « Khabarhub

बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमिकोट– हिमाली जिल्ला हुम्लामा असारे झरी नहुँदा बाली सुक्दै गएपछि यहाँका किसान चिन्तित हुन थालेका छन् । 

लामो समयदेखि पानी नपर्दा कोदो, चिनो, कागुनो, भट्ट, काउनीलगायत तरकारी बालीसमेत सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका हुन् ।

जिल्लाको सिमिकोट गाउँपालिका–१ का किसान जानकी भण्डारीले असारमा पानी नपरेकाले बाली सुक्दै जान थालेको बताइन्  ।

सिमिकोट गाउँपालिका–२ का किसान रुप्सी बोहराले असारको पहिलो हप्तासम्म पानी नपर्दा उत्पादन घट्ने र यहाँ खाद्यान्न सङ्कट पर्न सक्ने बताइन्  ।

जिल्लाको सबैभन्दा बढी अन्न उत्पादन हुने सर्केगाड गाउँपालिका–२ रिपगाउँका किसानसमेत लामो समय पानी नपर्दा बाली सुक्दै जान थालेको भन्दै चिन्तामा परेका छन् । 
 

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  २ : ३५ बजे

स्थापनाको दुई दशक पूरा गर्दै ग्लोबल आईएमई बैंक, दिगो र डिजिटल बैंकिङ्गमा जोड

काठमाडौं– ग्लोबल आईएमई बैंकले दुई दशकको यात्रा पूरा गरेको छ

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वालिङ– अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक