स्वास्थ्यका विभिन्न ८ निकाय र स्वास्थ्य बीमा बोर्डमा पदाधिकारी नियुक्तिका लागि आवेदन खुला « Khabarhub

स्वास्थ्यका विभिन्न ८ निकाय र स्वास्थ्य बीमा बोर्डमा पदाधिकारी नियुक्तिका लागि आवेदन खुला


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न ८ निकाय तथा स्वास्थ्य बीमा बोर्डका रिक्त पदाधिकारी नियुक्तिका लागि आवेदन माग गरेको छ ।

मन्त्रालयले सोमबार सूचना जारी गर्दै नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद्, नेपाल मेडिकल काउन्सिल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका विभिन्न पदमा नियुक्तिका लागि इच्छुक तथा योग्य उम्मेदवारबाट आवेदन आह्वान गरेको हो ।

सूचनाअनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष तथा रजिष्ट्रार पदका लागि आवेदन माग गरिएको छ । यस्तै नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष र रजिष्ट्रार तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा तीन सदस्य र एक सदस्य सचिव नियुक्त गरिनेछ ।

त्यसैगरी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका लागि एक कार्यकारी निर्देशक तथा स्वास्थ्य बीमा बोर्डका लागि अध्यक्ष र एक कार्यकारी निर्देशक नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सम्बन्धित ऐन तथा नियमावलीमा तोकिएको योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिन सक्नेछन् । 

आवेदन मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा वा मन्त्रालयको वेबसाइटमार्फत पेश गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ४ : ०६ बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच