स्वास्थ्यका विभिन्न ८ निकाय र स्वास्थ्य बीमा बोर्डमा पदाधिकारी नियुक्तिका लागि आवेदन खुला « Khabarhub

स्वास्थ्यका विभिन्न ८ निकाय र स्वास्थ्य बीमा बोर्डमा पदाधिकारी नियुक्तिका लागि आवेदन खुला


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न ८ निकाय तथा स्वास्थ्य बीमा बोर्डका रिक्त पदाधिकारी नियुक्तिका लागि आवेदन माग गरेको छ ।

मन्त्रालयले सोमबार सूचना जारी गर्दै नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद्, नेपाल मेडिकल काउन्सिल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका विभिन्न पदमा नियुक्तिका लागि इच्छुक तथा योग्य उम्मेदवारबाट आवेदन आह्वान गरेको हो ।

सूचनाअनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष तथा रजिष्ट्रार पदका लागि आवेदन माग गरिएको छ । यस्तै नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष र रजिष्ट्रार तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा तीन सदस्य र एक सदस्य सचिव नियुक्त गरिनेछ ।

त्यसैगरी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका लागि एक कार्यकारी निर्देशक तथा स्वास्थ्य बीमा बोर्डका लागि अध्यक्ष र एक कार्यकारी निर्देशक नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सम्बन्धित ऐन तथा नियमावलीमा तोकिएको योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिन सक्नेछन् । 

आवेदन मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा वा मन्त्रालयको वेबसाइटमार्फत पेश गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ४ : ०६ बजे

देवानगञ्जका पीडितसँगको सहमतिमा स्थानीय सरकारलाई बेवास्ता गरिएको गुनासो

सुनसरी– आइतबारदेखि तनाव भएको सुनसरीको देवानगञ्ज गाउँपालिका पुगेका गृहमन्त्री सुधन

जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगित

जनकपुरधाम– नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै

गाजामा हतियार बिसाउन हमास सहमत, इजरायलले प्रतिबद्धता पूरा गर्नुपर्ने सर्त

काठमाडौँ– गाजामा क्रियाशील प्यालेस्टिनी समूह हमास र अन्य प्यालेस्टिनी सशस्त्र

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको