रास्वपा महाधिवेशन : प्रत्येक प्रदेशबाट ५–५ जना निर्वाचित हुने व्यवस्था « Khabarhub

रास्वपा महाधिवेशन : प्रत्येक प्रदेशबाट ५–५ जना निर्वाचित हुने व्यवस्था


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रत्येक प्रदेशबाट ५–५ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।

निर्वाचन प्रणालीअनुसार सातै प्रदेशबाट सदस्य चयन गर्दा प्रत्येक प्रदेशबाट एक जना महिला अनिवार्य गरिएको छ। यस व्यवस्थाले समावेशितालाई सुनिश्चित गर्ने लक्ष्य राखिएको बताइएको छ।

महाधिवेशनबाट कुल १५८ जना केन्द्रीय सदस्य चयन हुनेछन्। त्यसमध्ये ६४ जना केन्द्रीय सदस्यका लागि खुला निर्वाचन हुने व्यवस्था गरिएको छ।

त्यस्तै, बाँकी सदस्यमध्ये केहीलाई नेतृत्व तहबाट मनोनयन गरिने र बाँकी संरचना महाधिवेशनमार्फत टुंगो लगाइने जनाइएको छ। संस्थापक सभापति रवि लामिछानेले ५१ जना सदस्य छनोट गर्ने व्यवस्था पनि रहेको छ।

महाधिवेशनमार्फत पार्टीको केन्द्रीय संरचना पूर्ण रूपमा निर्माण गरिने र आगामी राजनीतिक कार्यदिशा तय हुने बताइएको छ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ४ : ३३ बजे

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९