रास्वपा महाधिवेशन : प्रत्येक प्रदेशबाट ५–५ जना निर्वाचित हुने व्यवस्था « Khabarhub

रास्वपा महाधिवेशन : प्रत्येक प्रदेशबाट ५–५ जना निर्वाचित हुने व्यवस्था


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रत्येक प्रदेशबाट ५–५ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।

निर्वाचन प्रणालीअनुसार सातै प्रदेशबाट सदस्य चयन गर्दा प्रत्येक प्रदेशबाट एक जना महिला अनिवार्य गरिएको छ। यस व्यवस्थाले समावेशितालाई सुनिश्चित गर्ने लक्ष्य राखिएको बताइएको छ।

महाधिवेशनबाट कुल १५८ जना केन्द्रीय सदस्य चयन हुनेछन्। त्यसमध्ये ६४ जना केन्द्रीय सदस्यका लागि खुला निर्वाचन हुने व्यवस्था गरिएको छ।

त्यस्तै, बाँकी सदस्यमध्ये केहीलाई नेतृत्व तहबाट मनोनयन गरिने र बाँकी संरचना महाधिवेशनमार्फत टुंगो लगाइने जनाइएको छ। संस्थापक सभापति रवि लामिछानेले ५१ जना सदस्य छनोट गर्ने व्यवस्था पनि रहेको छ।

महाधिवेशनमार्फत पार्टीको केन्द्रीय संरचना पूर्ण रूपमा निर्माण गरिने र आगामी राजनीतिक कार्यदिशा तय हुने बताइएको छ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ४ : ३३ बजे

जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगित

जनकपुरधाम– नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै

गाजामा हतियार बिसाउन हमास सहमत, इजरायलले प्रतिबद्धता पूरा गर्नुपर्ने सर्त

काठमाडौँ– गाजामा क्रियाशील प्यालेस्टिनी समूह हमास र अन्य प्यालेस्टिनी सशस्त्र

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक