विष्णु पौडेलको बचाउमा विशेषमा बहस : मालपानीको गाडी जसले चढ्यो, उसलाई पहिले पक्राउ गरौँ « Khabarhub

विष्णु पौडेलको बचाउमा विशेषमा बहस : मालपानीको गाडी जसले चढ्यो, उसलाई पहिले पक्राउ गरौँ


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका लागि सोमबार पक्राउ गरिएका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई मंगलबार विशेष अदालतमा उपस्थित गराइएको छ।

सोमबार सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटल परिसरबाट पक्राउ गरिएका उनलाई मंगलबार बिहान नेपालगञ्ज हुँदै काठमाडौं ल्याएर म्याद थपका लागि विशेषमा उपस्थित गराइएको हो ।

अहिले अदालतमा सरकार र विष्णु पौडेलका पक्षबाट बहस भइरहेको छ। जरुरी पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएका पौडेललाई हिरासतमै राख्न अनुमति दिने या बाहिरै रहन दिने निर्णय अब विशेषले गर्नेछ।

उक्त क्रममा वरिष्ठ अधिवक्ता रमेश बडालले पौडेलको पक्षबाट बहस गर्दै वालेन्द्र शाह नेतृत्वको सरकारले उनलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरेको तर्क गरे।

‘विष्णु पौडेललाई एमालेको उपाध्यक्ष भएकाले पक्राउ गरिएको छ । राजनीतिक प्रतिशोधका लागि समातिएको हो । एक एक गरेर राजनीतिक दलका नेतालाई पक्राउ गरेर सक्ने कोसिस हुँदैछ । दलका नेता सकेपछि विरोधमा उत्रिने अन्यालाई पनि सक्ने योजनामा सरकार छ।’

उनले बहसका क्रममा पौडेलको संलग्नता भएको भनिएको श्रीराम टोबाकोको सेयर बिक्रीबारे पनि प्रश्न उठाए ।

‘श्रीराम टोबाकोको सेयर अर्को कम्पनीले किन्यो भनेर विष्णुप्रसाद पौडेललाई दोषी देखाइँदैछ । उक्त सेयर खरिद बिक्री प्रकरणमा पौडेलले निर्देशनसँगै कहीँ कतै संलग्ता हुने प्रमाण छैन’, उनले भने ।

२०८२ फागुन २१ को चुनावअघि ‘करेन्ट’ र ‘लाली’ चाउचाउ तथा सुर्तीजन्य उद्योगका सञ्चालक कमलकिशोर मालपानीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र (बालेन) शाहलाई करिब ८ करोडको गाडी दिएका थिए ।

‘मालपानी भन्ने व्यक्तिले कसलाई गाडी दिएका थिए ? बालेन शाहलाई होइन र ? मालपानीको गाडी कसले चढ्यो ? प्रयोग कसले गरेको थियो ? ८-८ करोडको गाडी जसले चढ्यो, उसलाई नसमात्ने, उसलाई नछुने अनि सम्पत्ति शुद्धीकरण जस्तो विषयमा यति हचुवा शैलीमा कसैलाई समात्न सकिँदैन’, उनले भने ।

उनले हचुवाका भरमा यो मुद्दा दर्ता भएपछि सार्वजनिक पदका लागि अयोग्य हुने अवस्था हुनेतर्फ पनि चिन्ता जनाए ।

‘पछिल्लो समय हाम्रो अदालत पनि टुलुटुलु हेर्दै बसेको छ। मालपानीले जसलाई गाडी दियो, उसलाई कारबाही हुनुपर्ने कसुरमा संलग्न हुने अवस्था पनि छैन’, उनले भने, ‘यो स्टन्ट बाजी हो । कुनै बेला मुसोलिनीले के गरेका थिए ? हिटलरले के गरेका थिए ? पहिला देश कब्जा गरेर संसारभर विध्वंश मच्चाए ।’

उनले विष्णु पौडेलविरुद्ध कसुर स्थापित हुने खालका कुनै पनि प्रमाण सरकारसँग नरहेकाले हिरासतमा नराखी रिहा गर्नुपर्ने पनि माग गरे।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ५ : १५ बजे

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९