विष्णु पौडेलको बचाउमा विशेषमा बहस : मालपानीको गाडी जसले चढ्यो, उसलाई पहिले पक्राउ गरौँ « Khabarhub

विष्णु पौडेलको बचाउमा विशेषमा बहस : मालपानीको गाडी जसले चढ्यो, उसलाई पहिले पक्राउ गरौँ


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका लागि सोमबार पक्राउ गरिएका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई मंगलबार विशेष अदालतमा उपस्थित गराइएको छ।

सोमबार सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटल परिसरबाट पक्राउ गरिएका उनलाई मंगलबार बिहान नेपालगञ्ज हुँदै काठमाडौं ल्याएर म्याद थपका लागि विशेषमा उपस्थित गराइएको हो ।

अहिले अदालतमा सरकार र विष्णु पौडेलका पक्षबाट बहस भइरहेको छ। जरुरी पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएका पौडेललाई हिरासतमै राख्न अनुमति दिने या बाहिरै रहन दिने निर्णय अब विशेषले गर्नेछ।

उक्त क्रममा वरिष्ठ अधिवक्ता रमेश बडालले पौडेलको पक्षबाट बहस गर्दै वालेन्द्र शाह नेतृत्वको सरकारले उनलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरेको तर्क गरे।

‘विष्णु पौडेललाई एमालेको उपाध्यक्ष भएकाले पक्राउ गरिएको छ । राजनीतिक प्रतिशोधका लागि समातिएको हो । एक एक गरेर राजनीतिक दलका नेतालाई पक्राउ गरेर सक्ने कोसिस हुँदैछ । दलका नेता सकेपछि विरोधमा उत्रिने अन्यालाई पनि सक्ने योजनामा सरकार छ।’

उनले बहसका क्रममा पौडेलको संलग्नता भएको भनिएको श्रीराम टोबाकोको सेयर बिक्रीबारे पनि प्रश्न उठाए ।

‘श्रीराम टोबाकोको सेयर अर्को कम्पनीले किन्यो भनेर विष्णुप्रसाद पौडेललाई दोषी देखाइँदैछ । उक्त सेयर खरिद बिक्री प्रकरणमा पौडेलले निर्देशनसँगै कहीँ कतै संलग्ता हुने प्रमाण छैन’, उनले भने ।

२०८२ फागुन २१ को चुनावअघि ‘करेन्ट’ र ‘लाली’ चाउचाउ तथा सुर्तीजन्य उद्योगका सञ्चालक कमलकिशोर मालपानीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र (बालेन) शाहलाई करिब ८ करोडको गाडी दिएका थिए ।

‘मालपानी भन्ने व्यक्तिले कसलाई गाडी दिएका थिए ? बालेन शाहलाई होइन र ? मालपानीको गाडी कसले चढ्यो ? प्रयोग कसले गरेको थियो ? ८-८ करोडको गाडी जसले चढ्यो, उसलाई नसमात्ने, उसलाई नछुने अनि सम्पत्ति शुद्धीकरण जस्तो विषयमा यति हचुवा शैलीमा कसैलाई समात्न सकिँदैन’, उनले भने ।

उनले हचुवाका भरमा यो मुद्दा दर्ता भएपछि सार्वजनिक पदका लागि अयोग्य हुने अवस्था हुनेतर्फ पनि चिन्ता जनाए ।

‘पछिल्लो समय हाम्रो अदालत पनि टुलुटुलु हेर्दै बसेको छ। मालपानीले जसलाई गाडी दियो, उसलाई कारबाही हुनुपर्ने कसुरमा संलग्न हुने अवस्था पनि छैन’, उनले भने, ‘यो स्टन्ट बाजी हो । कुनै बेला मुसोलिनीले के गरेका थिए ? हिटलरले के गरेका थिए ? पहिला देश कब्जा गरेर संसारभर विध्वंश मच्चाए ।’

उनले विष्णु पौडेलविरुद्ध कसुर स्थापित हुने खालका कुनै पनि प्रमाण सरकारसँग नरहेकाले हिरासतमा नराखी रिहा गर्नुपर्ने पनि माग गरे।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ५ : १५ बजे

९८ दिनको प्रसूति बिदा छ महिना बनाउन प्रस्ताव : सुत्केरीमाथि हिंसा गरे कारबाही

काठमाडौँ – सरकारले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन,

चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहार पछि सुरु गरिने (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका

झापा अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट

झापा– जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कूल सात

सिंहदरबार वैद्यखानाको पुनर्जन्म: १४ करोडको कारोबारसँगै फर्कियो पुरानै साख

कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका