एमालेले भन्यो : उपाध्यक्ष पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो « Khabarhub

एमालेले भन्यो : उपाध्यक्ष पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरेको निष्कर्ष निकालेको छ ।  

पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले पौडेललाई गैरकानुनी, गैर न्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पूर्वाग्रह ढङ्गले पक्राउ गरेको भन्दै भर्त्सना गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए । 

पौडेललाई पक्राउ गर्नु कानुनी राज्य र विधिको शासनको वर्खिलाफमा रहेकाले अविलम्ब बिनाशर्त रिहाइ गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको महरले बताए । 

फरक राजनीतिक विचार राख्ने पार्टीका नेता कार्यकर्ताहरूलाई श्रृङ्खलाबद्ध र योजनाबद्ध तरिकाले सरकारले प्रतिशोध साँधेको उनले बताए । सरकारको यस्तै रवैया जारी रहे त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवार स्वयं सरकार नै हुने उनले चेतावनी दिए । 

बैठकले सशक्त, रचनात्मक र एकदम जिम्मेवार प्रतिपक्षीको रूपमा सदनमा भूमिका खेल्ने र त्यसका लागि पार्टीसँग सहकार्य र समन्वय गर्ने प्रस्ताव पारित गरेको छ भने सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा हिँडिराखेकाले यसका विरुद्ध सदनबाट संघर्ष गर्ने निर्णय समेत गरेको प्रमुख सचेतक महरले जानकारी दिए । 

बैठकले चिया निर्यातको समस्या समाधान गर्न, पेट्रोलियम पदार्थहरूको मूल्यवृद्धिका कारण उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ भने प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि राज्यका निकायहरूलाई तयारी अवस्थामा रहन र सहज रुपमा मलको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको प्रमुख सचेतक महरले बताए । 

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ६ : २८ बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच