जेनजी आन्दोलनबारे रास्वपा : फोहोरी तलाउमा युवा आक्रोश « Khabarhub

जेनजी आन्दोलनबारे रास्वपा : फोहोरी तलाउमा युवा आक्रोश


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलन वर्षौं जमेको फोहोरी तलाउमा युवा आक्रोश भएको टिप्पणी गरेका छन् । पार्टीको महाधिवेशनमा प्रस्तुत आफ्नो प्रतिवेदनमा उनले यस्तो उल्लेख गरेका हुन् ।

‘भदौ २३ र २४ गतेको जेन-जी विद्रोह केवल सामान्य असन्तोष थिएन, यो वर्षौंदेखि जमेर बसेको असमानता, भ्रष्टाचार, दण्डहीनता र अविश्वासको फोहोर तालाउमा भएको जनताको विस्फोट थियो,’ उनले लेखेका छन् ।

उनले उक्त आन्दोलनलाई लामो समयदेखि दबाइएका जनआक्रोश, असन्तुष्टि र परिवर्तनको आकांक्षाको सामूहिक अभिव्यक्तिका रूपमा विश्लेषण गरेका छन् ।

‘दीर्घ असन्तोषलाई तुरुन्त विस्फोट गराउने एउटा ट्रिगर विन्दू भने ओली सरकारले सामाजिक सन्जालमाथि लगाएको प्रतिबन्ध भयो,’ उनले लेखेका छन्, ‘२३ गतेको प्रदर्शनमा युवाहरूको हत्यापछि जनताको आक्रोश इतिहासमा कहिल्यै नदेखिएको ध्वंशमा प्रकट भयो ।’

उनले प्रतिवेदनमा राजनीतिक संरचनाले स्थिरता, सुशासन र जनविश्वास निर्माण गर्न असफल भएको लामो समय भइसकेको थियो भनेका छन् ।

‘दशकौँदेखिको शासन-प्रणालीगत कमजोरी, भ्रष्टाचार, असमानता र अवसरको अभावले ढिलोछिटो संगठित प्रतिक्रिया माग्थ्यो नै,’ उनले जेनजी आन्दोलनबारे भनेका छन्, ‘तर, यति ठूलो विध्वंशको अनुमान कसैलाई थिएन ।’

राजनीतिक दलहरू पारदर्शिता, जवाफदेहीता र परिणाममुखी शासन दिन असफल हुँदा राज्य र नागरिकबीच दूरी बढेको उनले उल्लेख गरेका छन् ।

‘भ्रष्टाचार व्यक्तिगत थिएन, संरचनागत समस्या बनिसकेको थियो । अवसरको कमी, शिक्षा र श्रमबीच असन्तुलन, बेरोजगारी र वैदेशिक पलायनले युवामा देशभित्र भविष्य छैन भन्ने मनोविज्ञान विकास भइसकेको थियो,’ उनले भनेका छन् ।

राजनीतिक अस्थिरता र सत्ताकेन्द्रित संस्कार र सूचनाको युग र चेतनाको विस्तारबीच द्वन्द्व हुनु नै थियो भन्ने उनको विश्लेषण छ । डिजिट पुस्ताले पारदर्शी शासन, जवाफदेही नेतृत्व, अवसरमा समान पहुँच, भ्रष्टाचारमुक्त राज्य संरचना, नीति स्थिरता र परिणाममुखी विकास चाहेको उनको भनाइ छ ।

‘तर, केपी ओलीको सरकारलाई यो वास्तविकतासँग कुनै सरोकार थिएन,’ उनले प्रतिवेदनमा लेखेका छन् ।

नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धन सरकारसँग संसद्‌मा करिब दुईतिहाइ बहुमत भए पनि त्यो शक्तिलाई सरकारले आत्मविश्वास होइन, अहंकारका लागि प्रयोग गरेको उनको दाबी छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ९ : २५ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको