आज २०८३ साल साउन ८ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८३ साल साउन ८ गते शुक्रबारको राशिफल


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल साउन ८ गते शुक्रबार सन् २०२६ जुलाई २४ तारिख। असार शुक्ल पक्षको दशमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष: आजको दिन राम्रो देखिएको छैन । स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। बोल्दा सचेत बन्नु पर्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। विपक्षीसँगको प्रतिस्पर्धामा तपाईंको जित हुनेछ।

वृष: गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ। परिवारले साथ दिनेछ। ठुला व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन: दिन राम्रो छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिमा लगानी गरेको भए फाइदा हुनेछ। पश्चिमको यात्रा नगर्नु उचित हुन्छ। परिवारमा रमाइलो भेटघाट हुनेछ।

कर्कट: प्रतिभा प्रदर्शन गर्ने दिन छ। मानसम्मान प्राप्त हुनेछ । प्रशंसा गर्नेहरु बढ्नेछन्। परिवारमा घुमघामको तय हुनेछ। मन मिल्ने साथीसँग भेट हुनेछ ।

सिंह: बोलीको प्रभावले सम्बन्धमा समस्या हुनेछ। अनावश्यक यात्रा हुनेछ। खर्च बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

कन्या: दिन राम्रो छ। अरुको झगडाले तपाईंलाई फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा भन्दा विदेशमा गरेको लगानीबाट उत्साह बढ्नेछ। जग्गाको कारोबारबाट नाफा आर्जन हुनेछ।

तुला: धनलक्ष्मी योग परेको छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। बोल्दा सचेत बन्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृश्चिक: आज सोचेका काम बन्ने योग परेको छ । शिक्षा क्षेत्रको लगानीले उत्साहित बनाउने छ। विपक्षी बौद्धिक भएकाले सचेत भएर काम गर्नुपर्ने छ। धार्मिक क्षेत्रमा सक्रिय भएमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु: दिन सामान्य छ। सानो कुरामा अवरोध हुनेछ। अरुको गलत निर्णयको फन्दामा पर्ने जोखिम छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। हरेक काममा थप मिहिनेत गर्नुपर्ने छ ।

मकर: दिन राम्रो छ। हरेक क्षेत्रमा प्रगति हुनेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त र खुशी बन्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ: सञ्चित धन खर्च हुनेछ। तर साथीभाइसँगको भेटले मनमा खुसी मिल्नेछ । कुनै शुभ समाचार सुन्न पाइनेछ । व्यापारमा नाफा हुनेछ । परीक्षा लेखेको भए नतिजा तपाईँको पक्षमा आउने छ ।

मीन: शिक्षाको लगानीबाट फाइदा हुनेछ। सहकार्य गरेका साथीले विरोध गर्ने हुँदा व्यवहारमा सचेत बन्नुपर्ने छ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ५ : ११ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर