भारतको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’ « Khabarhub

भारतको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली चलचित्रका चर्चित अभिनेता नाजिर हुसेनले दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आफूमाथि बिनाकारण पटकपटक केरकार र सोधपुछ गरिएको भन्दै आपत्ति जनाएका छन्।

भारतस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा आफ्नो चलचित्र ‘गुन्यो चोलो’ को विशेष प्रदर्शनमा सहभागी भई नेपाल फर्किने क्रममा भारतीय सुरक्षाकर्मीले आफूलाई विशेष कक्षमा लगेर अनावश्यक प्रश्न सोधेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन्।

अभिनेता हुसेनका अनुसार उनीसँगै यात्रा गरिरहेका निर्देशक समुन्द्र भट्ट र जनकदीप पराजुलीलाई सामान्य जाँचपछि जान दिइए पनि उनलाई भने छुट्टै कक्षमा लगेर सोधपुछ गरिएको थियो। सुरक्षाकर्मीले “नेपाल किन गइरहेको?” र “कति पैसा छ?” जस्ता प्रश्न सोधेको उनले उल्लेख गरेका छन्।

“मैले अघिल्लो पटक जस्तै यस पटक पनि मलाई किन विशेष सुरक्षा जाँचमा ल्याइयो र यी प्रश्नहरू सोधियो भनेर सोधेँ,” हुसेनले लेखेका छन्, “जवाफमा उनीहरूले ‘कोही बात नही’ (केही कुरा होइन) भने। तर यो मेरो प्रश्नको जवाफ होइन। यदि केही कुरा होइन भने किन यसरी रोकिन्छ?”

आफ्नो पूरा नाम मोहम्मद नाजिर हुसेन भएकाले नाम वा पहिचानका कारण बारम्बार यस्तो सास्ती भोग्नुपरेको हुन सक्ने शङ्का व्यक्त गर्दै उनले भनेका छन्, “यदि मेरो नामको कारणले हरेक पटक रोकिन्छु र विशेष कक्षमा लगेर केरकारमा पर्छु भने यो सरासर गलत हो। यदि होइन भने मैले यसको स्पष्ट कारण थाहा पाउनुपर्छ।”

पासपोर्ट स्क्यान गर्दा व्यक्तिबारे सम्पूर्ण प्रणालीमा जानकारी देखिने हुँदाहुँदै पनि दोस्रो पटक पनि यसरी अनावश्यक केरकार गरिनु दुःखी र गम्भीर विषय भएको उनको भनाइ छ। उनले यस विषयमा कारण पत्ता लगाइदिन आग्रह गर्दै नेपाल सरकार, परराष्ट्र मन्त्रालय, काठमाडौँस्थित भारतीय दूतावास र चलचित्र विकास बोर्डको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ६ : ५८ बजे

फ्रान्समा अश्रुग्यासको प्रजनन स्वास्थ्यमा असरबारे चिन्ता

पेरिस – फ्रान्समा प्रदर्शन नियन्त्रणका लागि प्रहरीले प्रयोग गर्ने अश्रुग्यासले

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा – त्रिभुवन आर्मी फुटबल क्लबले भारतीय टोली गयेसपुर महिला

कोप ३१ सम्झौतामा विवाद

टर्किए- जीवाश्म इन्धनको स्पष्ट उल्लेख नगरिएको जलवायु सम्झौताप्रति युरोपेली सङ्घ

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच विविध क्षेत्रमा सहकार्यबारे छलफल

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार

हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

रुपन्देही- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै नयाँ हवाई प्रवेशमार्गका विषयमा