अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त « Khabarhub

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर कर्प्स नेपालको डिनमा निर्वाचित भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष वैद्यलाई बिहीबार सम्पन्न एचसिसीएनको साधारणसभाले नयाँ डिनमा सर्वसम्मत चयन गरेको हो । यसअघि नेपालका लागि बुल्गेरियाका महावाणिज्यदूत भोला थापा डिन थिए। सम्मेलनले एचसिसीएनको भाइस डिनमा पासाङ दावा शेर्पालाई चयन गरेको छ । 

नवनियुक्त डिन वैद्यले नेपालमा वैदेशिक प्रत्यक्ष लगानी नेपाल भित्र्याउने, पर्यटन प्रवर्द्धन गर्ने र आर्थिक कूटनीतिलाई सुदृढ बनाउने कार्यलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउने बताए। उनले नेपाल र अन्तरराष्ट्रिय समुदायबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउँदै आर्थिक सहकार्य विस्तार गर्न सक्रिय रूपमा अघि बढ्ने बताए।

उनले एचसिसीएनले हाल विश्वका ६४ भन्दा बढी मुलुकको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै ती राष्ट्रहरूले विश्व अर्थतन्त्र, अन्तरराष्ट्रिय व्यापार, प्रविधि, नवप्रवर्तन, पर्यटन तथा लगानीमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गरे। पाँच अर्बभन्दा बढी जनसङ्ख्या र १०० ट्रिलियन अमेरिकी डलरभन्दा बढीको संयुक्त आर्थिक आकार भएका ती मुलुकसँग नेपालको सम्बन्ध विस्तार गर्नु आर्थिक विकासका लागि महत्त्वपूर्ण अवसर भएको उनको भनाइ छ ।

वैद्यले नेपालले लगानी आकर्षित गर्ने, रोजगारी सृजना गर्ने, पर्यटन विस्तार गर्ने र अन्तर्राष्ट्रिय व्यापार बढाउने लक्ष्य लिएको वर्तमान अवस्थामा आर्थिक कूटनीतिको महत्व झनै बढेको बताए । मानार्थ वाणिज्यदूतहरूले सरकार–सरकारबीच मात्र नभई निजी क्षेत्र, लगानीकर्ता, उद्यमी, शैक्षिक संस्था र समुदायबीच सहकार्य विस्तार गर्ने सेतुको भूमिका निर्वाह गर्ने उनले उल्लेख गरे।

कार्यक्रमका मुख्यवक्ता परराष्ट्र मामिला विश्लेषक तथा नेपाली सेनाका पूर्वमेजर जनरल बिनोज बस्न्यातले नेपालले बदलिँदो विश्व राजनीतिक परिवेशलाई अवसरका रूपमा उपयोग गर्दै आर्थिक कूटनीति, संस्थागत सुधार र रणनीतिक विदेश नीतिमार्फत राष्ट्रिय हित प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

उनले विश्व शक्ति सन्तुलन, इन्डो–प्यासिफिकको बढ्दो महत्व र भूराजनीतिक प्रतिस्पर्धाबीच नेपालले स्पष्ट रणनीति, राष्ट्रिय आत्मविश्वास र सक्रिय कूटनीति अपनाउनुपर्ने धारणा राखे। बस्न्यातले नेपालको विदेश नीति सक्रिय असंलग्नता, छिमेकीसँग सन्तुलित सम्बन्ध, क्षेत्रीय सहकार्य र ‘स्मार्ट डिप्लोमेसी’मा आधारित हुनुपर्ने उल्लेख गर्दै कूटनीतिलाई लगानी, प्रविधि, ज्ञान र विकास भित्र्याउने प्रभावकारी माध्यम बनाउनुपर्ने धारणा राखे ।

उनले नेपालसँग रहेका ४१ दूतावास, तीन स्थायी नियोग, १० महावाणिज्य दूतावास र ६४ अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतको सञ्जाललाई विदेशी लगानी, नवप्रवर्तन, ज्ञान आदानप्रदान र विकास साझेदारी विस्तारका लागि प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए ।

एचसिसी–एनका निवर्तमान डिन भोलाविक्रम थापाले एचसिसीएनलाई आर्थिक कूटनीतिमा सरकारको रणनीतिक साझेदार बनाउने उद्देश्यसहित विदेश मन्त्रालयसमक्ष समझदारीपत्र (एमओयू)को मस्यौदा पेस गरिएको बताए। उनले ६४ देशको सञ्जालमार्फत नेपालमा विदेशी लगानी, प्रविधि हस्तान्तरण, व्यापार, पर्यटन र कनेक्टिभिटी प्रवर्द्धनमा एचसिसीएनले ‘फोर्स मल्टिप्लायर’को भूमिका निर्वाह गर्न सकिने बताए।

उनले राहदानी विभागसँग सेवाग्राहीको लाइन व्यवस्थापन प्रणाली सुधारका लागि पनि प्रस्ताव पेस गरिएको जानकारी दिँदै आवश्यक औपचारिक स्वीकृतिपछि कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरे। 
 

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ७ : ०४ बजे

बाइकमा उभिएर भिडियो बनाउँदै गरेका सांसद गुप्ताको तस्बिर भाइरल

काठमाडौं– पछिल्लो समय सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि

आत्मदाहको बढ्दो शृङ्खला : गहिरो संकट र राज्यप्रतिको मौन विद्रोह, रोक्न के गर्ने ?

काठमाडौँ – गत असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

भद्रपुर– ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झरेका

औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी

काठमाडौं– सङ्घीय संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

काठमाडौं–  सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२-८३ मा सातवटा मुद्दा