परराष्ट्रको स्पष्टीकरण : कुमार बेन सुटुक्क भारत गएको कुनै जानकारी छैन « Khabarhub

परराष्ट्रको स्पष्टीकरण : कुमार बेन सुटुक्क भारत गएको कुनै जानकारी छैन


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन गत असार १९ गते सुटुक्क ४ दिने भारत भ्रमण गरेर फर्किएकोबारे कुनै जानकारी नभएको बताएको छ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीले शुक्रबार नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।

कुमार बेन असार १९ गते काठमाडौंबाट बाराको सिमरा हुँदै त्यहाँबाट भैरहवाबाट भारत छिरेको समाचार आएको थियो । हवाई मार्गबाट भारत जाँदा कुरा बाहिरिने चिन्ताका कारण उनी भैरहवाबाट स्थलमार्ग हुँदै गोरखपुर पुगेर हवाईजहाजबाट दिल्ली पुगेको समाचार सार्वजनिक भएको थियो।

यसअघि नै प्रधानमन्त्री बालेनले परराष्ट्रसहित सरकारका कुनै पनि निकायलाई थाहै नदिई सल्लाहकार बेनलाई भारत पठाएको खुलेको थियो।

कुमार बेनको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षत्रीले अनभिज्ञता प्रकट गर्दै भने, ‘उहाँको भारत भ्रमणबारे कुनै जानकारी छैन। औपचारिक जानकारी हामीकहाँ आएको छैन ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यही साउनभित्रै चीन भ्रमण गर्न लागेकोबारे पनि हालसम्म औपचारिक जानकारी नआएको बताए ।

‘रास्वपा सभापतिको चीन भ्रमणबारे औपचारिक जानकारी आएको छैन। त्यो दुई देशका राजनीतिक पार्टीको विषय हो’, उनले भने, ‘यस भ्रमणकाबारेमा समन्वय गर्नुपर्ने भए सम्बन्धित पार्टीको अनुरोधमा परराष्ट्रले काम गर्नेछ ।’

उनले प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे अहिलेसम्म कुनै औ‍पचारिक निर्णय नभएको पनि बताए । ‘उपयुक्त समय र मितिमा उच्चस्तरीय भ्रमण हुन सक्छ। हामी त्यसबारे जानकारी गराउँछौँ । तर अहिलेसम्म कुनै मिति तय भएको छैन’, उनले भने।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ३ : २५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया