करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु « Khabarhub

 करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर बिहीबार जवान सुदिम खत्रीको मृत्यु भएको जानकारी दिए । 

सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका ३० वर्षीय खत्रीलाई बिहीबार साँझ करिब ५ बजे गणभित्र विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो । 

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक केसीका अनुसार मृतक खत्रीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट तालिम प्राप्त गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ५ : ०३ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीले जम्मा गर्यो १० करोड

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रअरीले १० करोड

विमानस्थल बाहिर आफन्तको आश

काठमाडौं– रसुवा बाढीमा अलपत्र परेका तथा घाइते भएकाहरूलाई नेपाली सेना

बाढीपछि नेपालप्रति बेलायतको ऐक्यबद्धता, सहयोगका लागि प्रतिबद्धता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका विदेश, राष्ट्रमण्डल तथा विकास मामिलामन्त्री

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन्