सत्याग्रहमा रहेका डा. केसीलाई धर्मशाला खाली गर्न समितिको पत्र  « Khabarhub

सत्याग्रहमा रहेका डा. केसीलाई धर्मशाला खाली गर्न समितिको पत्र 


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले अनिश्चितकालीन सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न आग्रह गर्दै पत्र दिएको छ ।

व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले शुक्रबार बिहान डा.केसीलाई पत्र दिइएको पुष्टि गर्दै उनी बस्नका लागि आएको जानकारी दिए पनि पूर्वसूचना बिना धर्मशालामै सत्याग्रह थालेको बताए ।

‘उहाँ बस्नका लागि आउनुभएको थियो, तर कुनै जानकारी नदिई अनसन सुरु गर्नुभयो,’ अध्यक्ष पन्तले भने, ‘धार्मिक संस्थामा अनसन बस्न किन दिएको भन्ने बाहिरबाट दबाब आउन थाल्यो । त्यसैले धर्मशाला छाड्न अनुरोध गरेका हौँ ।’

यसअघि बिहीबार अनेरास्ववियु कैलालीका अध्यक्ष कबेर खड्काले पनि डा. केसीलाई धर्मशालामा अनसन बस्न नदिन व्यवस्थापन समितिलाई अनुरोध गरेका थिए ।

व्यवस्थापन समितिले धर्मशाला खाली गर्न पत्र दिएपछि अबको विकल्पबारे छलफल भइरहेको डा। केसीका सहयोगी डा.अमृत जैसीले जानकारी दिए । उनका अनुसार डा.केसीले धर्मशालामा बस्ने विषयमा पूर्वजानकारी गराएरै सत्याग्रह सुरु गरेका थिए ।

तर, अहिले कुन कारणले स्थान छाड्न भनिएको हो भन्नेबारे स्पष्ट जानकारी प्राप्त नभएको उनले बताए । डा. केसी पाँचबुँदे माग राख्दै बिहीबारदेखि धनगढीमा अनिश्चितकालीन सत्याग्रहमा छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ५ : ०५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया