लागूऔषधसहित दुईजना पक्राउ « Khabarhub

लागूऔषधसहित दुईजना पक्राउ


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको मिथिला नगरपालिका–६ स्थित बसहीखोला नजिकै आज प्रहरीले हवाई फायर गरी दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

भारतबाट नेपाल आएर लागूऔषध कारोबार गरिरहेको सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बर्दिबास र इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको टोलीले एक राउन्ड हवाई फायर गरेर भारतको हर्लाखी थाना वडा नं ५ का २६ वर्षीय सन्तोषकुमार महतो र भारतको बासोपट्टी थाना वडा नं २ का ४५ वर्षीय मिथिलेशकुमार साहुलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार प्रहरी टोलीलाई देखेपछि भाग्न खोज्दा प्रहरीले हवाई फायर गरेर दुवै जनालाई नियन्त्रण लिएको हो ।

पक्राउ परेका महतोको पाइन्टको गोजीबाट लागूऔषध खैरो हिरोइनजस्तो देखिने गिलो पदार्थ १०३.२२० ग्राम बरामद भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । दुवै जनामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।  

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ७ : ४३ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीले जम्मा गर्यो १० करोड

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रअरीले १० करोड

विमानस्थल बाहिर आफन्तको आश

काठमाडौं– रसुवा बाढीमा अलपत्र परेका तथा घाइते भएकाहरूलाई नेपाली सेना

बाढीपछि नेपालप्रति बेलायतको ऐक्यबद्धता, सहयोगका लागि प्रतिबद्धता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका विदेश, राष्ट्रमण्डल तथा विकास मामिलामन्त्री

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन्