विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका « Khabarhub

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाढी, डुबान, कटान र आगलागीलगायत विपद्को जोखिममा रहेको बाँकेको राप्तीसोनारी गाउँपालिका विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको छ ।

वर्षायाममा राप्ती नदी तथा विभिन्न खहरे खोलामा आउने बाढीका कारण मानव बस्ती डुबानमा पर्ने, खेतीयोग्य जमिन कटान हुने तथा विद्यालय, स्वास्थ्य संस्था र सडकजस्ता संरचनामा क्षति पुग्ने जोखिम रहेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।

‘राप्तीसोनारी हरेक वर्ष विपद्बाट प्रभावित हुने गाउँपालिका हो । पछिल्ला वर्षमा जोखिम न्यूनीकरणका लागि पूर्वाधार निर्माण र विपद् प्रतिकार्यका योजना अघि बढाइएकाले जोखिम केही कम हुँदै गएको छ’, उनले भने ।

गाउँपालिकाले यस वर्षका लागि विपद् प्रतिकार्य योजना तयार गरेको छ । बाढी तथा डुबान भए प्रभावितको उद्धार गरी सुरक्षित स्थानमा राख्ने, स्वास्थ्योपचार, खाद्यान्न तथा राहत उपलब्ध गराउने र मनोसामाजिक परामर्श दिने तयारी गरिएको अध्यक्ष पौडेलले बताए ।

उनका अनुसार स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई २४सैँ घण्टा तयारी अवस्थामा राखिएको छ । वडा कार्यालय, वडा विपद् व्यवस्थापन समिति र गाउँपालिका विपद् व्यवस्थापन समितिमार्फत मनसुनअघि र मनसुनपछि पनि आवश्यक तयारी तथा व्यवस्थापनका कामलाई निरन्तरता दिइएको छ ।

विपद् व्यवस्थापनलाई ध्यानमा राख्दै राप्तीसोनारीमा हाल पाँचवटा सुरक्षित आश्रयस्थल सञ्चालनमा छन् भने थप दुईवटा निर्माणको क्रममा छन् । सञ्चालनमा रहेका आश्रयस्थलमा करिब एक हजार ५०० देखि दुई हजार जनासम्मलाई राख्न सकिने गाउँपालिकाले जनाएको छ ।

कृत्रिम अभ्यास
गाउँपालिकाले बाढी पूर्वानुमानमा आधारित कृत्रिम घटना अभ्यास गरी सम्भावित विपद्का लागि पूर्वतयारी र प्रतिकार्य क्षमताको परीक्षण गरेको अध्यक्ष पौडेलले बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले गत वैशाख ३१ गते स्वीकृत गरेको नयाँ कार्यविधि कार्यान्वयन गर्दै राप्तीसोनारी गाउँपालिकाले पहिलोपटक स्थानीय तहका रूपमा नमूना अभ्यास सञ्चालन गरेको हो ।

अभ्यासमा बाढीमा परेका नागरिकको उद्धार, प्राथमिक उपचार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत र खाद्यान्न व्यवस्थापनलगायतका गतिविधि प्रदर्शन गरिएको थियो ।

बाँकेमा सेभ द चिल्ड्रेनसँगको साझेदारीमा विपद् व्यवस्थापन क्षेत्रमा कार्यरत सामाजिक विकास मञ्चका परियोजना स्रोत व्यक्ति घनश्याम उपाध्यायले कार्यविधिअनुसार नेपालमै पहिलोपटक राप्तीसोनारी गाउँपालिकामा बाढी कृत्रिम घटना अभ्यास गरिएको बताए । उनले अभ्यासले बाढी आएपछि गरिने प्रतिकार्यको क्षमता परीक्षण गर्न सहयोग पुगेको बताए ।

उनका अनुसार अभ्यासले विपद्का बेला सुरक्षा निकाय, स्थानीय सरकार, स्वयंसेवक, स्वास्थ्यकर्मी, सामाजिक सङ्घसंस्था र समुदायबीचको समन्वयको महत्त्वसमेत देखाएको छ ।

राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले बाढी आएपछि उद्धार गर्नुभन्दा पहिले नै समुदायलाई तयार बनाउने, उद्धार टोलीको क्षमता परीक्षण गर्ने तथा आवश्यक उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राख्ने अभ्यास प्रभावकारी हुने बताए ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ११ : ३५ बजे

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा

एमालेले रोपिदिएको कलहको बिउले राप्रपामा भाँडभैलो, बागमतीमा दुईतिर बाँडिए प्रदेश सभा सदस्य

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ