सुदूरपश्चिममा एक महिनामा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व सङ्कलन « Khabarhub

सुदूरपश्चिममा एक महिनामा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व सङ्कलन


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा गत साउन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार सवारी साधन कारबाहीमा परेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार प्रदेशमा सो महिनामा पाँच हजार २०२ सवारी कारबाही परेका हुन् । सवारी कारबाहीबाट प्रहरीले ४३ लाख ६३ हजार ५०० रकम राजस्व सङ्कलन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

उनका अनुसार साउनमा सुदूरपश्चिममा २२३ सवारी दुर्घटना भएका थिए । यसमा १५ जनाको मृत्यु भएको थियो भने ३२४ जना घाइते भएका थिए । दुर्घटनामा ३२९ सवारी संलग्न रहेका थिए ।

उनका अनुसार १८१ दुर्घटना चालकका कारण भएका छन् भने नौ मादक पदार्थ सेवनका कारण दुर्घटना भएका छन् । त्यसैगरी, सवारी साधनका कारण चार, पैदल यात्रीका कारण १२, चौपायाको कारण १५, मौसमका कारण एक र सडकका कारण एउटा दुर्घटना भएको प्रहरीको तथ्याङ्क छ । ‘ट्राफिक नियम उल्लङ्घन गर्ने र क्षमताभन्दा बढी यात्रु तथा मालसमान बोक्ने सवारीसाधनलाई कारबाही गर्ने गरिएको छ,’ प्रवक्त विष्टले भने । ‘सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक कार्यक्रम समेत गरिँदै आएको छ ।’

त्यसैगरी, प्रहरीले एक करोड ६९ लाख ५७ हजार ७८२ मूल्य बराबरको भन्सार छली ल्याएको सामान नियन्त्रणमा लिएको छ । प्राकृतिक सम्पदा दोहनमा संलग्न २४ वटा सवारीसाधन बरामद गरी दुई लाख ५४ हजार ५०० जरिवाना असुल गरिएको छ । यसमा संलग्न नौ जना मानिसलाई पनि पक्राउ गरिएको थियो ।

अवैध वन पैदावार चोरीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर ७१४ क्युफिट काठ बरामद गरेर आठ लाख तीन हजार राजस्व सङ्कलन भएको छ । अवैध पशुपन्छी नियन्त्रणबाट प्रहरीले एक लाख २६ हजार राजस्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ११ : ५१ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको