गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु « Khabarhub

गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोनाक्री– गिनीको राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो ल्यान्डफिलमा पहिरो जाँदा कम्तीमा ३० जनाको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् ।

आइतबार बिहान भारी वर्षापछि दार एस सलामस्थित ल्यान्डफिलमा थुपारिएको फोहोरको ठूलो भाग भत्किँदा नजिकैका झुपडीहरू पुरिएका थिए । घटनामा छ जना गम्भीर घाइते भएका छन् भने धेरै घरमा क्षति पुगेको छ ।

अधिकारीहरूका अनुसार बिहान करिब २ बजे सुरु भएको भारी वर्षाका कारण फोहोर बगेर आसपासका बस्तीमा पुगेको थियो । घटनापछि जीवितको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

सैन्य इन्जिनियरिङ बटालियनका सरसफाइ अधिकारी लेफ्टिनेन्ट कर्नल बाल्डे मामाडोउ बैलोका अनुसार उक्त ल्यान्डफिल आइतबारदेखि बन्द गर्ने तयारी गरिएको थियो ।

ल्यान्डफिल आसपास बसोबास गर्ने स्थानीयलाई यसअघि नै अन्यत्र स्थानान्तरण हुन सूचना दिइएको थियो । त्यसका बाबजुद पहिरो जाँदा धेरै मानिस त्यही क्षेत्रमा रहेको अधिकारीहरूले बताएका छन् ।

क्षेत्रीय प्रशासन तथा विकेन्द्रीकरण मन्त्री डिएनाबोउ टुरेले घटनास्थलमा पुगेर बाँकी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने बताए ।

गिनी खनिज स्रोतमा धनी मुलुक हो । यहाँ विश्वकै ठूलो बक्साइट भण्डारका साथै फलाम, सुन र हीराजस्ता खनिज पाइन्छन् । तर विश्व बैंकका अनुसार मुलुकको ४३ दशमलव सात प्रतिशत जनसङ्ख्या राष्ट्रिय गरिबीको रेखामुनि रहेको छ । रासस

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ११ : ५४ बजे

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा 

काठमाडौं– बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ

गरिमा चौधरी हत्या प्रकरणमा बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

बारा – गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो

ज्ञानेन्द्र शाहीको आग्रह- नेपाली स्याउले बजार पाएन, विदेशबाट आयात रोकियोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको