‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ नेपालमा सार्वजनिक « Khabarhub

‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ नेपालमा सार्वजनिक


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमएडब्लू वृद्धिले अल–न्यू दिपल निभो क्यू ०५ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्प्याक्ट इलेक्ट्रिक एसयूभीका रूपमा प्रस्तुत गरिएको क्यू ०५ ले कम्फर्ट, डिजाइन र प्रविधिमा ‘अ क्लास अबभ’ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

क्यू ०५ लाई एक भव्य समारोहबीच सार्वजनिक गरिएको हो । कार्यक्रममा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया तथा चांगान इन्टरनेसनल कर्पोरेसनका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक डु काइकियान (केभिन) लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

क्यू ०५ को म्याक्स भेरियन्टलाई ४६ लाख ९९ हजार रुपैयाँ र अल्ट्रा भेरियन्टलाई ४९ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा प्रस्तुत गरिएको छ ।

यी प्रारम्भिक मूल्य नाडा अटो शो अवधिभर मात्र लागू हुनेछन् । अटो शोपछि म्याक्स भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ र अल्ट्रा भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ ।

कम्फर्टमा ‘अ क्लास अबभ’

आधुनिक परिवारको आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको क्यू ०५ ले कम्प्याक्ट बाहिरी आकारभित्र फराकिलो र व्यवहारिक क्याबिन प्रदान गर्छ । यसको आफ्नो वर्गमै अग्रणी २,७३५ मिमि लामो ह्विलबेस र ८६.६ प्रतिशत क्याबिन स्पेस उपयोगले यात्रुका लागि पर्याप्त ठाउँ उपलब्ध गराउँछ । पछाडिको सिटमा तीन जना वयस्कले सहज रूपमा यात्रा गर्न सक्ने व्यवस्था गरिएको छ ।

पछाडिको सिटलाई २८ र ३३ डिग्री गरी दुई कोणमा रिक्लाइन गर्न सकिन्छ। सिटमा आरामदायी र प्रभावकारी सपोर्ट प्रदान गर्न नौ तहको एर्गोनोमिक संरचना प्रयोग गरिएको छ । क्यू ०५ मा ९० लिटरको लुकेको स्टोरेजसहित ५४० लिटर क्षमताको डुअल–लेभल बुट पनि उपलब्ध छ ।

क्याबिनभर २९ वटासम्म व्यवहारिक स्टोरेज स्पेस राखिएका छन् । साथै, ६७ भन्दा बढी ध्वनि इन्सुलेसन तथा आवाज न्यूनीकरण बिन्दुले क्याबिनलाई शान्त बनाउन सहयोग गर्छन् । छनोट गरिएको भेरियन्टमा पावर सनसेडसहितको १.८ वर्गमिटर प्यानोरामिक ग्लास रुफसमेत उपलब्ध छ ।

डिजाइनमा ‘अ क्लास अबभ’

क्यू ०५ लाई चांगानका ग्लोबल डिजाइन उपाध्यक्ष तथा फक्सवागन ग्रुपका पूर्व डिजाइन प्रमुख क्लाउस जेसियोराको नेतृत्वमा विकास गरिएको हो । यसको विकासमा ३१ देशका ९१५ भन्दा बढी डिजाइन विज्ञले योगदान दिएका छन् ।

फुगुआङ डिजाइन दर्शनबाट प्रेरित क्यू ०५ मा सन्तुलित बडी अनुपात, आत्मविश्वासी सडक उपस्थिति र ०.२६५ सीडी ड्र्याग कोएफिसियन्ट भएको एरोडाइनामिक प्रोफाइल छ ।

सन् २०२६ को गोल्डेन ए’ डिजाइन अवार्ड विजेता क्यू ०५ मा डिजिटल विङ २.० फुल–विथ लाइटिङ सिग्नेचर, स्टार–रिङ म्याट्रिक्स एलईडी टेललाइट र प्रिमियम सेमी–हिडन डोर ह्यान्डल उपलब्ध छन् ।

प्रविधिमा ‘अ क्लास अबभ’

क्यू ०५ मा चांगानको गोल्डेन शिल्ड ब्याट्री २.० प्रविधिसँग एकीकृत क्याटल ब्याट्री सेल प्रयोग गरिएको छ । यसको ३सी फास्ट चार्जिङ प्रणालीले उपयुक्त अवस्थामा ब्याट्रीलाई करिब १५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ ।

यसमा जडान गरिएको १२० किलोवाटको इलेक्ट्रिक मोटरले गाडीलाई ८.१ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गतिमा पुर्याउन सक्छ। क्यू ०५ ले डब्लूएलटीपी परीक्षणअनुसार ४०५ किलोमिटरको दाबी गरिएको रेन्ज प्रदान गर्छ । यसको ऊर्जा खपत प्रतिएक सय किलोमिटर १२.९ किलोवाट–घण्टा उल्लेख गरिएको छ ।

प्रविधि प्याकेजमा १४.६ इन्चको १०८०पी टचस्क्रिन, अटोमोटिभ–ग्रेड एमटीके ८६७५ सात न्यानोमिटर प्रोसेसर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो समावेश छन् । भेरियन्टअनुसार १८ वटासम्म चालक सहायता प्रणाली र ५४० डिग्री प्यानोरामिक भ्युइङ सिस्टम पनि उपलब्ध हुनेछ ।

‘एम्बासडर्स अफ दिपल’ घोषणा

कार्यक्रममा एमएडब्लू वृद्धिले ‘एम्बासडर्स अफ दिपल’ समेत घोषणा गरेको छ । यसअन्तर्गत दिपलका ब्रान्ड एम्बासडर पारस खड्कासहित अनुपविक्रम शाही, प्रदीप खड्का, श्वेता खड्का, आना शर्मा, जसिता गुरुङ, स्वप्न सुमन, ज्योत्सना योगी र मिरुना मगरलाई समेटिएको छ ।

उनीहरू चर्चित तथा विश्वासिला व्यक्तित्व हुनुका साथै दिपल सवारीका वास्तविक प्रयोगकर्तासमेत हुन्। एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले उनीहरूलाई सम्मान गरेका थिए ।

नौ महिनाभित्र एक लाखभन्दा बढी सञ्चित बिक्री र चीनको कम्प्याक्ट एसयूभी बिक्रीमा लगातार चार महिनाको अग्रस्थानसहित दिपल निभो क्यू ०५ बलियो अन्तर्राष्ट्रिय उपलब्धिका साथ नेपाल प्रवेश गरेको छ । यसले नेपाली ग्राहकलाई वास्तविक अर्थमा ‘अ क्लास अबभ’ स्वामित्व अनुभव प्रदान गर्ने प्रतिबद्धता बोकेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  १२ : ११ बजे

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले

बर्नह्यामको पहिलो अन्तर्राष्ट्रिय भ्रमण युक्रेनमा

एजेन्सी- बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले युक्रेनको ३५औँ स्वतन्त्रता दिवसका अवसरमा

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट सर्वोच्चमा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत

मलेसियामा मृत्यु भएका बोहराको शव ल्याउन सरकारसँग माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् टीका संग्रौला अछामको मेल्लेख गाउँपालिका–६ सोडसा कालापातालका