बाग्मतीमा राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न अध्यक्ष लिङदेनको सिफारिस « Khabarhub

बाग्मतीमा राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न अध्यक्ष लिङदेनको सिफारिस


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती सरकारमा सहभागी भएका आफ्नो पार्टीका मन्त्रीलाई पदमुक्त गर्न सिफारिस गरेको छ । 

अध्यक्ष राजेन्द्र लिङदेनले निर्वाचन आयोग र प्रदेशसभा सचिवालयलाई तीन मन्त्रीलाई पदमुक्त गर्न पत्राचार गरेका हुन्।

केन्द्रीय निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै मन्त्रीहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङमाथि कारबाही अघि बढाइएको हो।

पार्टीले स्पष्टीकरण मागे पनि उनीहरूले जवाफ नदिएपछि पदमुक्तिको प्रक्रिया अघि बढाइएको जनाएको छ। यसैबीच राप्रपाका प्रदेश संसदीय दलका नेता उद्धव थापा यसअघि नै कारबाहीमा परिसकेका छन्।

आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिँदै गर्दा राप्रपाभित्रको विभाजनले सरकारको भविष्यसमेत अन्योलमा परेको छ। सरकार जोगाउन राप्रपाका दुई सांसदको मत निर्णायक हुने  छ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  १२ : ३६ बजे

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी