चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी « Khabarhub

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली पोल्ट्री किसानको लगानी संरक्षण गर्नुपर्ने माग गर्दै पोल्ट्री किसानहरूले प्रदर्शन गरेका छन्।

काठमाडौंको माइतीघरमा गरेको प्रदर्शनमा चल्ला बोकेर सहभागी किसानहरूले भारतीय कुखुरा तथा कुखुराजन्य वस्तुको अवैध आयातले नेपाली पोल्ट्री व्यवसाय प्रभावित भएको भन्दै तत्काल तस्करी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

उनीहरूले बिचौलियाका कारण किसानले उचित मूल्य नपाउने अवस्था रहेको भन्दै पोल्ट्री क्षेत्रमा किसानको लगानी सुरक्षित हुने गरी प्रभावकारी नीति तथा अनुगमनको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

किसानहरूले नेपाली पोल्ट्री उद्योगलाई संरक्षण गर्दै उत्पादन लागतअनुसार उचित मूल्य सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  १ : ०४ बजे

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च