बर्नह्यामको पहिलो अन्तर्राष्ट्रिय भ्रमण युक्रेनमा « Khabarhub

बर्नह्यामको पहिलो अन्तर्राष्ट्रिय भ्रमण युक्रेनमा


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले युक्रेनको ३५औँ स्वतन्त्रता दिवसका अवसरमा सोमबार किएभ भ्रमण गर्ने भएका छन्। प्रधानमन्त्री बनेपछि बर्नह्यामको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो।

भ्रमणका क्रममा उनले रुसविरुद्धको युद्धमा युक्रेनलाई बेलायतको निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नेछन्। बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटका अनुसार बर्नह्यामले युक्रेनलाई सहयोग गर्ने देशहरूको समूह ‘कोएलिसन अफ द विलिङ’ को पहिलो बैठकको किएभमा सहअध्यक्षता गर्नेछन्। बैठकमा केही सहभागी प्रत्यक्ष र केही भिडियोमार्फत सहभागी हुनेछन्।

भ्रमणअघि बेलायतले युक्रेनमै लामो दूरीका क्षेप्यास्त्र उत्पादन तथा संयोजनमा सहयोग गर्ने घोषणा गरेको छ। बेलायतले एससीएएलपी क्षेप्यास्त्रका आफ्ना कम्पोनेन्टसम्बन्धी वर्गीकृत जानकारी फ्रान्स र युक्रेनसँग साझा गर्ने सहमति गरेको जनाएको छ। एससीएएलपी बेलायतको स्टर्म स्याडो क्षेप्यास्त्रको फ्रान्सेली संस्करण हो।

बेलायती प्रधानमन्त्रीले युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा आवश्यक परेसम्म बेलायत युक्रेनी जनताको साथमा रहने बताएका छन्। वर्गीकृत प्राविधिक जानकारी उपलब्ध गराउने निर्णयले युक्रेनमै क्षेप्यास्त्र संयोजन अघि बढाउन सहयोग पुग्ने तथा ‘प्रोजेक्ट ब्रेकस्टप’ मार्फत कम लागतमा उन्नत लामो दूरीका हतियार विकास गर्ने बेलायती प्रयासलाई गति दिने अपेक्षा गरिएको छ।

बर्नह्यामको भ्रमण युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लन्डन भ्रमण गरेको केही सातापछि हुन लागेको हो। जेलेन्स्कीको लन्डन भ्रमणका क्रममा बेलायतले ‘स्टोन क्लोक’ नामक नयाँ इलेक्ट्रोनिक जामिङ प्रविधिसम्बन्धी जानकारी युक्रेनसँग साझा गर्ने घोषणा गरेको थियो। ड्रोनमा जडान गर्न सकिने उक्त प्रविधिले रूसी वायु रक्षा प्रणालीलाई ड्रोन पहिचान तथा लक्षित गर्न कठिन बनाउने बताइएको छ।

सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण सैन्य आक्रमण सुरु गरेयता बेलायत किएभको प्रमुख अन्तर्राष्ट्रिय समर्थकमध्ये एक रहँदै आएको छ। बेलायतले हालसम्म युक्रेनलाई करिब २५ अर्ब पाउन्ड बराबरको सहयोग उपलब्ध गराएको छ, जसमध्ये करिब १६ अर्ब पाउन्ड सैन्य सहायता रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  २ : २१ बजे

ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस् 

काठमाडौं– नेकपा (एमाले) का सांसद ऐन बहादुर महरले कैलालीको अत्तरियामा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

महेन्द्रनगर– मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ

काठमाडौं– प्रहरीले उदयपुर र चितवनबाट तीन जनालाई पक्राउ गरेको छ

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा 

काठमाडौं– बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ

गरिमा चौधरी हत्या प्रकरणमा बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

बारा – गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो