मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते « Khabarhub

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

बेदकोट नगरपालिका–६ सिसैयास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान गौरसिंह महराको मृत्यु भएको हो । से ३ प ५२७४ नम्बरको मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–९ सुन्दरपुरका ६० वर्षीय  महराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेदकोट नगरपालिका–९ का ४० वर्षीय गगनसिंह महराले चलाएको मोटरसाइकल अनियन्त्रित भई पैदलयात्रु डडेल्धुराको अजयमेरु गाउँपालिका–५ का २१ वर्षीय यज्ञ ठगुन्ना घाइते भएका छन् । 

दुर्घटनामा परी गम्भीर घाइते महराको महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिए ।

थापाले भने, ‘मोटरसाइकल चालक छोरा र मृतक महरा बाबु-छोरा हुन् ।’ प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ३ : २५ बजे

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित