अष्ट्रेलियामा पाँच हजार लिटिल पेन्गुइनलाई बर्ड फ्लुविरुद्ध खोप लगाइँदै « Khabarhub

अष्ट्रेलियामा पाँच हजार लिटिल पेन्गुइनलाई बर्ड फ्लुविरुद्ध खोप लगाइँदै


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलबर्न- अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एच–५ एन–१ बर्ड फ्लुको जोखिमबाट लिटिल पेन्गुइनलाई जोगाउन पाँच हजार पेन्गुइनलाई खोप लगाउन थालिएको छ।

राज्य सरकारको संरक्षण कार्यक्रमअन्तर्गत मेलबर्नको दक्षिणमा रहेको फिलिप आइल्याण्ड नेचर पार्कका कर्मचारीले आइतबार राति एक हजार पेन्गुइनलाई खोपको पहिलो मात्रा दिएका छन्। पहिलो मात्रा लगाइएका पेन्गुइनलाई तीनदेखि चार सातापछि दोस्रो मात्रा दिइनेछ।

फिलिप आइल्याण्ड र मेलबर्नको सेन्ट किल्डामा रहेका करिब पाँच हजार लिटिल पेन्गुइनलाई खोप दिने योजना छ। फिलिप आइल्याण्डमा करिब ४० हजार लिटिल पेन्गुइन रहेको अनुमान छ र यहाँको ‘पेन्गुइन परेड’ प्रमुख पर्यटकीय आकर्षण हो।

भिक्टोरियाकी वातावरणमन्त्री ज्याक्लिन साइम्सले बर्ड फ्लुको फैलावट रोक्न कठिन भए पनि पेन्गुइनको समूहलाई सुरक्षित राख्न सक्दो प्रयास भइरहेको बताए।

राज्यको वातावरण विभागका अनुसार फिलिप आइल्याण्डका पेन्गुइनमा एच–५ एन–१ को प्रकोप फैलिएमा मृत्युदर ४० प्रतिशतसम्म पुग्न सक्छ। फिलिप आइल्याण्डमा अगस्ट १५ मा लिटिल पेन्गुइनमा अष्ट्रेलियाकै पहिलो एच–५ एन–१ सङ्क्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ३ : ४६ बजे

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित