थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी « Khabarhub

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट, आगजनी तथा तोडफोड भएपछि प्रधानमन्त्री अनुतिन चार्नविराकुलले उच्चस्तरीय सुरक्षा बैठक बोलाएका छन्।

नाराथिवाट, पट्टानी र यालामा भएका घटनामा तीन सर्वसाधारण घाइते भएका छन्। पट्टानीमा ७–इलेभेन पसलमा आगजनी तथा नाराथिवाटमा रेलमार्गमा बम विस्फोट गराइएपछि स्थानीय र लामो दूरीका रेल सेवा प्रभावित भएका छन्।

आक्रमणको जिम्मेवारी हालसम्म कुनै समूहले लिएको छैन। तर, दक्षिणी थाइल्यान्डमा सक्रिय विद्रोही समूह बारिसन रिभोलुसी नेसनल मेलायु पटानी (बीआरएन) माथि सुरक्षा निकायले आशङ्का गरेको छ। बीआरएनले मुस्लिम बहुल दक्षिणी क्षेत्रमा बढी स्वायत्तताको माग गर्दै सरकारसँग शान्तिवार्ता गर्दै आएको छ।

दक्षिणी क्षेत्रमा दशकौँदेखि पृथकतावादी हिंसा जारी छ। ‘डिप साउथ वाच’ का अनुसार पछिल्ला २२ वर्षमा भएको हिंसामा सात हजार ८३७ जनाको मृत्यु भइसकेको छ।

सुरक्षा विश्लेषक डन पठानले पछिल्ला आक्रमण सरकारसँगको वार्तामा दबाब बढाउन र आफ्नो प्रभाव प्रदर्शन गर्न गरिएको हुन सक्ने बताएका छन्। प्रधानमन्त्री अनुतिनले सुरक्षा बैठकपछि बाढी प्रभावित उत्तरी नान प्रान्तको निरीक्षण गरे।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ४ : ३० बजे

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि